कोरना महामारीसंग लडीरहेको स्थानीय सरकारलाई सामाजिक संघ संस्थाको सहयोग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन ७, बुधबार

सामाजिक संघ संस्था

सामाजिक संस्थाको सहयोगमा नुवाकोटको दुप्चेस्वर र शिबपुरी गाउँपालिकामा ८÷८ बेडको कोभिड आइसोलेसन केन्द्रको स्थापना भएको छ । सामाजिक संस्थाको सहयोगमा सुबिधा सम्पन्न आईसोलेसन केन्द्र निर्माण गरी सञ्चालनमा आएको छ । 
सन् राईज चिल्डेन एसोसियन इन्क कर्पोरेसन अष्टेलियाको आर्थिक सहयोगमा रुडेक नेपाल मार्फत १२ लाख ५० हजार रुपैयाँको लागतमा दुप्चेस्वर गाउँपालिका र सहकार्य समाज नेपाल मार्फत शिबपुरी गाउँपालिकामा उक्त केन्द्र संचालानार्थ सामग्री सहयोग उपलब्ध गराइएको छ । 
कोभिड १९ महामारी समुदाय स्तरमै फैलिएको अबस्थामा संकट बढने यसको लागि स्थानीय स्तरमै रोकथाम जरुरी भएकोले उक्त ब्यबस्थित केन्द्र संचालन गर्न बिद्युतिय अक्सिजन मेशिन २ वटा, हस्पिटल बेड १६ वटा, स्वाब संकलनका लागि भिटिएम ९ सय  थान, पिपिइ सेट ३७, मास्क १ हजार ७ सय थान, स्यानीटाईजर, इन्फारेड थर्मोमिटर १० थान दुवै गाँउपालिकालाई  हस्तान्तरण गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले बताउनुभएको छ । उहाँका अनुशार यस परियोजनाले अति बिपन्न समुदायका ४ सय  जना अभिभाबकहरुको कोरना बिमा पनि गरिने बताउनुभएको छ ।  
उक्त सामग्रीहरु स्थानीय तहद्धारा संचालन हुने कोभिड आइसोलेसन केन्द्रलाई उपलब्ध गराई दुप्चेस्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाड, उपाध्यक्ष अन्जु आचार्यलाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाडको रोहबरमा संस्थाका अध्यक्ष केसीले    हस्तान्तरण गर्नुभएको छ । 

सामाजिक संघ संस्था


यसैगरी,  शिबपुरी गाउपालिकामा एस सि आई अष्टेलियाको तर्फबाट राजकुमार लामा तथा सहकार्य समाज नेपालका निलकण्ठ आचार्यले शिबपुरी गाउपालिका अध्यक्ष रामकृष्ण थापालाई हस्तान्तरण गर्नुभएको छ । 
४१ औ सामाजिक सेवा दिबसको अबशरमा अबसरमा दुप्चेस्वर गाउंपालिका तथा शिबपुरी गाउपालिकामा  उक्त सामग्री ब्यस्थापन गरी ८÷ ८ बेडको कोभिड आइसोलेसन केन्द्र संचालनमा आएको छ । उक्त केन्द्रको संचालन गाउंपालिकाले गर्ने छ । केन्द्र संचालन गर्नका लागि स्थानीय सरकारले एमबिबिएस डाक्टर समेतको ब्यस्था गर्ने तयारी गरेको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । 
ह्स्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाडले भर्खरै स्थापना भएको स्थानीय सरकार तथा अहिलेको पुस्ता बिभिन्न प्रकोपको सिकार भएको र बिकास तथा शुसाननमा ध्यान पर्ने बेला राम्रोसंग काम गर्न नपाएको र कोभिड महामारी रोकथाममा एस सिए आई तथा रुडेक नेपालले गरेको काम प्रशसनिय रहेको बताउनुभएको छ ।  उहाँले सामाजिक संस्थाहरुको यस्तो कार्यको नमगरिकहरुले उच्च मुल्यांकन गर्नुपर्ने बताउनुभएको छ । 
साथै उहाँले कोरनाको माहामारी फैलदो अवस्थामा रहेकाले सचेतना अपनाउन र सबै क्षेत्र मिलेर काम गर्न आबश्यक रहेको बताउनुभएको छ । 
दुप्चेस्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अन्जु आचार्यले कोरना रोकथाममा सबैसंग हातेमालो गरिरहेकोले सामाजिक संस्थाले आईसोलेसन निर्माणमा गरेको सहयोगले पालिकाकालाई कोरना रोकथाममा बलियो बनाएको बताउनुभएको छ । 
आईसोलेसन केन्द्रको संचालन तथा सामग्री हस्तान्तरण कार्यक्रममा रुेडक नेपालका अध्यक्ष मिनकुमार केसीले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिई सहकार्य गर्दै जाने बताउनुभएको छ । 
 

सामाजिक संघ संस्था