कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्बाचन स्थगित गरेको प्रति दुःख व्यक्त

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन ८, विहिबार

आधिकारीक ट्रेड युनियनको

निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्बाचन स्थगित गरेको प्रति नेपाल निजामति कर्मचारी युनियनले दुःख प्रकट गर्दै जिल्ला कार्य समिति नुवाकोटले विज्ञप्ति जारी गरेको छ । असोज २४ गतेको लागी तोकिएको निर्वाचनमा सम्पुर्ण तयारी पुरा भईसकेको अवस्थामा मन्त्री परिषदको असोज ६ गतेको निर्णयले विनाकारण स्थागित गरेको प्रति विज्ञप्ति मार्फत दुःख व्यक्त गरिएको छ । 
जिल्ला कार्यसमितिका अध्यक्ष निलमकुमार भुसालद्धारा हस्ताक्षरित विज्ञप्तिमा पेशागत संगठनको रुपमा प्रतिनिधी चयन गर्ने अवसरको खुसीमा रहेको कर्मचारीको उत्साहलाई निर्वाचन स्थगितले दुखी तुल्याएको जारी गर्दै लोकतान्त्रिक पद्धतिमा आँच आउने कार्य गरेको भन्दै कसैको आन्तरिक समस्यामा निर्वाचन रोकिनु बिधीको शासन विपरित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
निर्वाचनको सम्पुर्ण तयारी पुरा भैसकेको अवस्थामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय संग राउ सुझाव नलिई गरिउको निर्णय लज्जास्पद र अस्वभाविक रहेको अध्यक्ष भुसालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आधिकारिक ट्रेड युनियनको कानुनी कार्यकाल समाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रक्रिया सुचारु गरी निर्वाचन मार्फतनै आधिकारिक ट्रेड युनियन गठन गर्न विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।