जिपि कोईराला अध्ययन केन्द्र नुवाकोटमा सुमन भण्डारी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन ९, शुक्रबार

सुमन भण्डारी

नुवाकोटका युवा तथा व्यवसायी सुमन भण्डारी जिपि कोईराला अध्ययन केन्द्र नुवाकोटको अध्यक्षमा मनोनित हुनुभएको छ । विदुर नगरपालिका वडा नम्बर २ का विदुरका भण्डारीलाई  जिपि कोईराला अध्ययन केन्द्रले नुवाकोटको अध्यक्ष मनोनित गरेको हो । 
राष्ट्रियता र प्रजातन्त्रलाई सम्मान गर्दै प्रजातान्त्रिक बिचारलाई अगाडि बढाउने उदेश्य बोकेको जिपि कोईराला अध्ययन केन्द्र स्वर्गीय गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थापना भएको हो ।  आम जनसमुदायलाई प्रजातान्त्रिक धारमा रहेर लोकतन्त्रको रक्षाको लागि क्रियाशील राख्ने उदेश्यले स्थापना भएको यो संस्थाले ७७ जिल्लामा आफ्नो शाखा बिस्तार गर्ने क्रममा नुवाकोटमा पनि भण्डारीलाई मनोनित गरेको हो ।
मनोनित भएका अध्यक्ष सुमन भण्डारीले आफुलाई कोईराला अध्ययन केन्द्रको जिम्मेवारी दिएकोमा नुवाकोटका अग्रज नेताहलाई धन्यावाद दिदै जिपि कोईराला फाउन्डेसन मार्फत राष्ट्रियता प्रजातन्त्र र समाजबादलाई स्थानिय स्तरवाटै समाज परिवर्तन गर्ने अभियानलाई जिल्लाभरि प्रचार प्रसार गर्न आफू सधै तल्लिन रहने बताउनुभएको छ । उहाँले जिल्लाका सम्पुर्ण युवा ब्यवसायी र अग्रज राजनितिज्ञहरुलाई सम्मान गर्दै सस्थालाइ आगाडी बढाउने वताउनुभएको छ ।  भण्डारी नुवाकोट उद्योग बाणिज्य सघको सदस्य समेत हुनुहुन्छ ।