पोष्टबहादुर बोगटी बाहुप्राविधिक शिक्षालयले पठनपाठन सुरु गर्ने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन १०, शनिबार

पोष्टबहादुर बोगटी बाहुप्राविधिक शिक्षालय

पोष्टबहादुर बोगटी बाहुप्राविधिक शिक्षालयले यही शैक्षिक सत्रबाट पठनपाठन सुरु गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलले यही असोज १५ गतेभित्र फारम भर्न आग्रह गर्नुभएको छ । 
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तीन वटा विषयमा तीन वर्षे डिप्लोमा कक्षा सञ्चालन हुने छ । तीन विषयमा ४०÷४० जनाको दरले १ सय २० जनालाई भर्ना लिइने बताइएको छ । डिप्लोमा इन प्लान्ट साइन्स्, डिप्लोमा इन एनिमल साइन्स र होटल म्यानेजमेन्टमा फारम भर्न सकिने छ । शिक्षालय प्रमुख पुष्पराज प्याकुरेलका अनुसार कक्षा सञ्चालनका लागि विदुर नगरपालिका वडा नं. १ बान्द्रेमा रहेको सहिद प्रतिष्ठान नेपालसंग सम्झौता गरिएको छ । 
प्रतिष्ठानले शिक्षालयको भवन निर्माण नभएसम्मका लागि निःशुल्क रुपमा भवन उपलब्ध गराएको छ ।    विदुर नगरपालिकामा स्थापना भएको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले नुवाकोट, रसुवा र धादिङ्गलाई अवसर प्राप्त भएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले कृषि, भेटेनेरीको साथमा पर्यटन र होटल ब्यवस्थापनले नुवाकोट र नेपालको आर्थिक विकासमा तत्कालनै परिवर्तन गर्ने बताउनुभएको छ । 
    पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा सिटिईभिटिईले छात्रवृत्ति दिने छ । चार जनालाई निःशुल्क पढाउने छ । त्यस्तै, विदुर नगरपालिकाले पनि एउटा विषयमा कम्तिमा एक जनालाई निःशुल्क पठाउने छ । एक विषयमा तीन बर्षै डिप्लोमा गर्दा ९० हजार खर्च हुने छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाले छात्रवृत्ति दिनका लागि गरेको निर्णय अब सहज रुपमा कार्यान्वय हुने बताउनुभएको छ ।