एकताको महाधिबेसन तोकिएकै मितिमा : वागमती प्रदेश ईञ्चार्ज शाक्य

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७७ अश्विन १०, शनिबार

एकताको महाधिबेसन

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति सदस्य एवं वागमती प्रदेशका ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपाको एकताको महाधिबेसन तोकिएकै मितिमा हुने बताउनुभएको छ । शनिबार ककनी गाँउपालिकाको रानीपौवामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वागमती प्रदेशका ईञ्चार्ज शाक्यले एकता महाधिबेसन विना पार्टी बिधी र पद्धतीमा चल्न गाह्रो हुने भएकाले आगामी चैत्रमा तोकिएकै मितिमा महाधिबेसन हुने बताउनुभएको छ । 
उहाँले नागरिकहरुको सम्पुर्ण सुरक्षा लगायत देशको सम्बृद्धिको लागी नेकपा एकढिक्का भएर अगाडी बडिरहेको बताउनुभएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दे संघिय साँसदहरु हितबहादुर तामाङ, नारायण खतिवडा र पुर्व साँसद राजेन्द्रप्रकास लोहनीले काठमाडौबाट ककनी हुँदै त्रिशुली आउने बाटोको निर्माणको बारेमा बिरोध जनाउनुभएको छ । उहाँहरुले उक्त सडडकमार्ग निर्माणको लागी ठेकेदार पक्षले लापरबाहि गरेकाले सबै पार्टी एक ढिक्का भएर कारबाहीको लागी सरकार समक्ष माग गर्नुपर्नेमा जोड दिनुभएको छ ।  साथै उहाँहरुले नुवाकोटको विकासको लागी आफुहरु सदैव अग्रपंतिमा रहेको बताउनुभएको छ । 
अहिलेको कोरोना माहामारीको समयमा पनि निरन्तर नुवाकोटका नागरिकहरुको समस्या समाधानको लागी आफु सदैव लागीपरेको संघिय साँसद हितबहादुर तामाङको भनाई रहेको छ । 
 

एकताको महाधिबेसन

ककनी गाँउसंगठनको आयोजनामा रानीपौवामा भएको कार्यक्रममा बागमती प्रदेशका संसाद हिरानाथ खतिवडा, बद्री मैनाली, नेकपाका केन्द्रिय सदस्य बिमला सुवेदी, जिल्ला सचिवालय सदस्य एवं वागमती प्रदेस समिति सदस्य पुष्प लामिछाने, नवराज ढुङ्गाना रामप्रसाद ढुङ्गाना, युवा नेता तथा जिल्ला सदस्य पुर्णलाल श्रेष्ठ, बासु कडुवाल, कल्पना रिमाललगायतले बालाजु देखी रानीपौवा हुँदै त्रिशुली आउने बाटोको निर्माणमा भएको लापरबाहिले नागरिकहरुले भोगेको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 
गाँउपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सिता लामा खतिवडालगायतले समयमै सडक मार्ग निमाणमा चासो नदेखाँउदा बर्सोदेखी किसानहरुद्धारा उत्पादित सामग्रीहरु कुहिउर जानुका साथै नुवाकोट र रसुवाका नागरिकहरुले धेरै दुःख पाएको गुनासो गर्नुभएको छ । कार्यक्रम नेकपाका ककनी गाँउसंगठन अध्यक्ष रामहरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

एकताको महाधिबेसन