युवा नेता श्रेष्ठद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन २३, शुक्रबार

समाजसेवी पुर्णलाल श्रेष्ठ

नेकपा नुवाकोटका नेता एवं समाजसेवी पुर्णलाल श्रेष्ठले हड्डीका क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । समाजसेवी श्रेष्ठले सुर्यगढी गाँउपालिका वडा नम्बर ४ हल्देका अर्जुन गिरीको उपचारको लागी आर्थिक सहयोग गर्नुभएको हो । गिरीको हाल काठमाडौ स्थित बिरेन्द्र सैनीक अस्पताल छाउनीमा उचार भैरहेको छ । गिरीको उपचारको लागी उहाँका भाई हरिशरण गिरीलाई नगद रुपैयाँ सहयोग गरेको समाजसेवी श्रेष्ठले बताउनुभएको छ ।

विपत लगायत अन्य असहज अबस्थामा नुवाकोट नागरिकहरुको लागी सहयोगी भुमिका निभाउँदै आउनुभएका युवानेता एवं समाजसेवी श्रेष्ठले आगामी दिनमा पनि नागरिकहरुको हकहित र सुरक्षाको लागी सधै अग्रभागमा रहेर कार्यगर्ने प्रबितद्धता जनाउनु भएको छ ।

अहिलेको कोरोना माहामारी समयमा उहाँको पहलमा स्वास्थ्यकर्मी, सुरक्षकर्मीलगायत नुवाकोटका विभिन्न स्थानिय तहहरुलाई स्वास्थ्य सुरक्षाको सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा नुवाकोटका सचिवालय सदस्य घकुमार लामा, जिल्ला कमिटि सदस्य केशव सेञ्चुरीलगायतको सहभागिता रहेको थियो ।

समाजसेवी पुर्णलाल श्रेष्ठ