विदुर नपाद्धारा मन्त्री ज्ञवालीलाई मागपत्र, पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको मुआव्जा माग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन २३, शुक्रबार

पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको  मुआव्जा माग

निर्माणाधिन गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी सडक खण्ड अन्तर्गत पर्ने जग्गाको मुअव्जाको विषयमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालि समक्ष विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बिहिबार मागपत्र पेश गर्नु भएको छ । नुवाकोट र रसुवाका विभिन्न आयोजना लगाएत केरुङ्ग रसुवागढि नाकाको अनुगमन र निरिक्षणका सिलसिलामा बिहिबार नुवाकोट सहित रसुवा भ्रमणमा आउनुभएका मन्त्री ज्ञावलिलाई विदुरमा गरिएको भेटघाट कार्यक्रममा मागपत्र प्रस्तुत गरिएको हो ।  

विदुर नगरपालिकाका नगर प्रमुख सन्जु पण्डितले आयोजनाले अन्यत्र मुआव्जा दिदै गर्दा विदुर नगरपालिकाको पिपलटार देखि ढुङ्गे सम्मको जनतालाई विभिन्न कारण देखाउदै वञ्चित गराउनु गलत रहेकोले सरकारले पिपलटार देखि ढुङ्गे सम्मका सडक पिडितहरुको माग छिटो सम्वोधन हुनुपर्ने वताउनुभएको छ ।

पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको  मुआव्जा माग

कार्यक्रममा नेकपा नुवाकोटका युवानेता तथा कार्यालय सदस्य बुद्धि प्रधानले पिपलटार देखि ढुङ्गे सम्मका सडक पिडितहरुलाई मुअव्जा दिएर जनताका मनमा महलम लगाउनुपर्ने वताउनुभएको छ ।  मागपत्र ग्रहण गर्दै मन्त्री ज्ञवालिले जनताका समस्यासंगै समाधानको उपायहरुको खोजिगरी सकारात्मक पहल गर्न आफू तयार रहेको उहाँले बताउनुभएको छ ।

मागपत्र मन्त्री ज्ञावालि मार्फत सम्माननिय प्रधानमन्त्री समक्ष पुर्याईने मेयर सन्जु पण्डितले वताउनुभएको छ । कार्यक्रममा विदुर नपाका उपमेयर गिताकुमारी दाहाल,वडा नम्बर ४ का अध्यक्ष टलकमान श्रेष्ठ, आयोजना प्रमुख नारायणदत्त भण्डारी लगाएतको उपस्थिति रहेको थियो । एकिकरण डटकम

पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको  मुआव्जा माग पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको  मुआव्जा माग पिपलटारदेखी ढुङ्गेसम्मका स्थानियको  मुआव्जा माग