समृद्धि आयो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन २४, शनिबार

समृद्धि आयो

बामदेव काँधमा बोकेर आयो,
सम्धी काखिमा च्यापेर आयो,
काफ्ले शान दिएर आयो ,
शरदाप्रसाद दाम दिएर आयो ,
MCC खुलेर आयो,
MBC फुलेर आयो,
आयो आयो,
कतै रुप फेरिएर आयो,
कतै स्वरुप फेरिएर आयो ,
न्यायालय भित्र वकिल बनेर आयो,
कोशिमा डुबान बनेर आयो,
गण्डकमा बाढी बनेर आयो,
महाकालीमा सुख्खा बनेर आयो,
भुकम्पमा माफिया बनेर आयो,
कोरोनामा व्यापारी बनेर आयो,
आयो आयो ,
स्वरुप फेरिएर आयो......
आयोजनामा भ्रष्टाचारि बनेर आयो,
अदालतमा बलत्कारी बनेर आयो,
सदनमा अपराधी बनेर आयो,
सडकमा ब्यभिचारी बनेर आयो,
अरु क्षेत्रमा पनि आयो,
जस्तै........
दिउँसै लुट मच्चाउने टोलेहरुलाई आयो,
हस हजुर भन्ने झोलेहरुलाई आयो,
पोई मरे जोई रानी हुनेहरुलाई आयो,
भाईभतिजा, ठेकेदारहरुलाई आयो, 
आसेपासे झोले चम्चे टोलेहरुलाई आयो, 
न आएको त बस,
भोका नाङ्गा निमुखालाई खै आको ?
साँझ बिहान हिड्न गारो छ
दिदिबहिनीलाई खै आको ?
अपराधी छुट्छ, निर्दोश थुन्छ,
माईला लामालाई खै आको ?
बर्षातमा आगो झोस्छ,
चेपाङ्गहरुलाई खै आको ?
हातमुख जोड्न बिदेशिनु पर्छ,
पर्देशिएका नेपालिलाई खै आको ?
रामचन्द्र तिम्सिना
सामरी, नुवाकोट