नुवाकोटे जल्दाबल्दा युवाहरुको काठे लोक दोहोरी गितको सुटिङ सम्पन्न

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन २७, मंगलबार

काठे लोक दोहोरी गित

 नुवाकोट विदुरका हरिजङ पाण्डे र गङगा ठकुरिको काठे लोक दोहोरी गित हिमाल पारी भोटको सुटिङ सम्पन्न भएको छ । 
सुशील सिंह ठकुरिको निर्देशन रहेको यस गितमा स्वर सङम थापा, हरिजङ पाण्डे र गङगा ठकुरिको रहेको छ । यसैगरी शब्द सङगम थापा, लय हरिजङ पाण्डे र सङम थापाको रहेको छ । टिकटमा समेत भाइरल भईरहेको यस  गितको मोडलिङ नवयुवा कलाकार समीर खड्का र रुपा मगरको रहेको छ । 
नुवाकोटको बिभिन्न रमणिय स्थलहरु गङगटे, सिल्ट्याङ्की, नुवाकोट दरबार परिसर लगाएत विभिन्न ठाउँमा छायांकन गरिएको यस गितमा रबि कार्कि र लक्ष्मी राना मगरको विशेष भुमिका सहित अनिल ढकाल, सनम मैनाली, उपेन्द्र मिश्र रामहरि गजुरेल र श्रीकृष्ण आचार्यको अतुलनिय सहयोग रहेको गायक हरिजङ पाण्डेले जानकारी दिनुभएको छ । गायक पाण्डेको यस अघिपनि बिभिन्न चर्चित लोकदोहरी गितहरु श्रोताहरुमाझ बजारमा आईसकेको छ । 
 

काठे लोक दोहोरी गित काठे लोक दोहोरी गित