खोई त परिवर्तन ?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन ३०, शुक्रबार

खोई त परिवर्तन ?

राम चन्द्र तिम्सिना (आवाज)

राणा फाले ,पञ्चायत ढाले,

खोई त परिवर्तन ?

राजा लखेटेकै हो, ब्यबस्था फेरेकै हो,

खोई त परिवर्तन ?

प्रजातन्त्र ,बहुदल ,गणतन्त्र ,लोकतन्त्र आएकै हो,

खोई त परिवर्तन ?

बिपि, गिरिजा, मनमोहन, प्रचण्ड प्रधानमन्त्री भाकै हो,

खोई त परिवर्तन ?

बिधिमा समस्या रह्यो कि नितिमा ? आचरणमा समस्या रह्यो कि आदतमा ? निश्चित समयानुकूल ब्यबस्था फेरिएकै हो, सिंगारिएको राजनेता जन्मिएकै हो, उथलपुथल गराउने आन्दोलन भएकै हो, मुटु कमाउने क्रान्ति भएकै हो,

खोई त परिवर्तन ?

जातिय विभेद कायमै छ, बर्गिय बिभेद कायमै छ, सामन्ती सोच र निरंकुश शैली कायमै छ,

खोई त परिवर्तन ?

शेरबहादुर फालिनु र माकुने उभिनु नै होत परिवर्तन ? ओलि फालिनु र प्रचण्ड उभिनु नै होत परिवर्तन ?

नत नारी उत्पिडन रोकियो, नत हत्या-हिंसा नै,

खोई त परिवर्तन ?

आफुलाई स्थापित गराउन ब्यबस्था र ब्यक्तिलाई दोष दिएको त होईन ? कम्युनिस्ट मास्न कांग्रेसले र कांग्रेस मास्न कम्युनिस्टले गलत प्रचार गरेको त होईन ? सोचौं एकपटक , अझै गम्भीर भएर सोचौं, नत्र,

खोई त परिवर्तन ?

खाडी भासिने समस्या फेरिएको छैन, साडी च्यातिदा मुग्लान भासिनेको अवस्था फेरिएको छैन,

धनिले गरिबलाई र गैरदलितले दलित माथी हेरिने, सोच फेरिएको छैन,

हत्यारालाई उन्मुक्ति र भ्रष्टाचारिलाई मुक्ती दिने परम्परा फेरिएको छैन,

कुर्सी फेरिनु नै होत परिवर्तन ? अनुहार फेरिनु नै होत परिवर्तन ? नत्र भने सोचे जस्तो अझै भाको छैन,

खोई त परिवर्तन ?