कर्मचारीमा संक्रमण देखिएपछि वडा कार्यालय बन्द

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक ४, मंगलबार

वडा कार्यालय बन्द

विदुर नगरपालिका वडा नम्बर ११ को कार्यालय अनिस्चित समयकोे लागी बन्द भएको छ । 
वडा कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाले सुचना जारी गरि अनिस्चित समयको लागी कार्यालय बन्द भएको गरेको हो । 
वडा नम्बर ११ वडा कार्यालयमा काम गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष तोयानाथ तिम्सीनाले जानकारी दिनुभएको छ ।  
केही दिनअघि वडाका कर्मचारी पिसिआर परिक्षण गर्दा उहाँको रिर्पाेट पोजेटिभ देखिएकका कारण स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागी वडा कार्यालय बन्द गरिएको उहाँले जानकारी दिनुभएको छ ।  
वडाध्यक्ष तिम्सीनाले वडाको एक कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अत्यावश्यक कामवाहेक घरवाहिर ननिस्कन सवै वडाबासीलाई आग्रह गर्नुभएको छ । वडाभित्र कोरोना भाईरसका संक्रमित देखिएकोले भीडभाड हुने कुनै पनि कार्य नगर्न र नगराउन समेत आव्हान गरिएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा भीड बढेसंगै कोरोनाको जोखिम बढ्दै गएको छ ।