ग्रीन हेवन युथ क्लबद्धारा खाद्य सामग्री बितरण 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक ५, बुधबार

ग्रीन हेवन युथ क्लब

विदुर नगरपालिकाको वडा नम्बर ८ माझिगाँउमा रहेको ग्रीन हेवन युथ क्लबले खाद्य सामग्री बितरण गरेको छ । क्लबले विजयादशमीको अबशर पारेर शुभकामना आदानप्रदान गर्दै हार्थिक रुपले विपन्न परिवारवारका लागी खाद्यान्न बितरण गरेको हो । 
कोभिड १९ कोरोना भाईरसका कारण आर्थिक रुपले मारका परेका वडा नम्बर ८ माझिगाँउका वृद्ध, अपांग, एकल महिलालगायतका परिवारलाई खाद्यान्न बितरण गरेको क्लवका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ । 
क्लवले १४ घरपरिवारलाई खाद्य सामग्री बितरण गरेको छ । विभिन्न सामाजिक कार्यहरु गर्दे आएको ग्रीन हेवन युथ क्लबले कोरोनाको कारण भएको लकडाउनको समयमा पनि विभिन्न क्षेत्रबाट सहयोग जुटाई स्वास्थ्य सामग्रीहरु बितरण गर्नुृका साथै खाद्य सामग्रीहरु बितरण गरेको थियो । 

 

ग्रीन हेवन युथ क्लब

खाद्यान्न बितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधी कमल श्रेष्ठ, सामुदायिक बन समितिका अध्यक्ष रामशरण श्रेष्ठ, क्लबका पदाधिकारीहरु, सक्रिय युवाहरुको उपस्थिति रहेको थियो । 
शिक्षा स्वास्थ्य खेल र समृद्धिको सार, ग्रीन हेवन युथको आधार भन्ने नाराका साथ स्थापना भएको क्लवले आगामी दिनहरुमा पनि सामाजिक कार्यका लागी सदैव अग्रस्थानमा रहेर कार्य गर्ने योजना रहेको क्लवले जनाएको छ ।  

ग्रीन हेवन युथ क्लब ग्रीन हेवन युथ क्लब