त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना, अब जिल्लामै कोरोना परिक्षण हुने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक ६, विहिबार

 पिसिआर ल्याब स्थापना

त्रिशुली अस्पताल नुवाकोटमा पिसिआर ल्याब स्थापना भएको छ । संघिय सांसद हित बहादुर तामाङले ल्याबको स्थापना गर्दै नुवाकोट, रसुवा र धादिङको लागी पिसिआर ल्याबले संक्रमण न्युनिकरण तथा रोकथाममा सहयोग पुग्ने बताउनुभएको छ । नेपालकै तेश्रो उच्चस्तरिय ल्याब रहेको बताउदै उहाँले त्रिशुली अस्पतालबाट कोरोना संक्रमण मात्रै नभई झण्डै १ हजार भन्दा माथिको संक्रामक रोग तथा जेनेटिक परिक्षण गर्न सकिने बताउनुभउको छ ।  
नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद नारायण प्रसाद खतिवडाले स्थानिय पुर्बाधार बिकास साँझेदारी कार्यक्रम अन्तर्गतको रकम पिसिआर मेसिन खरिद तथा ब्यबस्थापनको लागी रकम निकासा गर्नुभएको हो । अहिलेलाई बिदुर नगरपालिकाले ल्याबका उपकरण खरिद तथा ब्यबस्थापनको लागी रकम खर्चिएको छ । पछि स्थानिय पुर्बाधार बिकास साँझोदारी कार्यक्रम अन्तर्गत आबाश्यक रकम बिदुर नगरपालिकामा शोधभर्ना हुने छ । 
 

 पिसिआर ल्याब स्थापना

कार्यक्रममा संघिय सांसद नारायण प्रसाद खतिवडाले समग्र नुवाकोट रसुवा र धादिङका नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग पुराउनको लागी आफुले सिफरिस गरेको बताउनुभएको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट त्रसिद भएको समयमा नुवाकोट सहित ३ जिल्लाका नागरिकहरुको कोरोना परिक्षणका साथै जेनेटिक परिक्षणमा सहज बनाउने उदेश्यले आबाश्यक रकमको ब्यबस्था गरेको उहााले बताउनुभएको छ । 
कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले त्रिशुली अस्पतालमा उपलब्ध भएको पिसिआर मेसिनले १ हजार भन्दा बढि रोगको जेनेटिक परिक्षण गर्न सकिने बताउनुभएको छ । केन्द्रिय प्रयोगशाला टेकु र विर अस्पतालमा भएको जस्तै उच्चस्तरिय प्रबिधिको परिक्षण मेसिन जिल्ला अस्पतालमा रहेकाले स्वास्थ्य क्षेत्रको बिकास र उन्नयनको लागी विदुर नगरपालिका तत्पर रहेको बताउनुभएको छ ।
कार्यक्रममा बाग्मती प्रदेश प्रयोगशालाका प्रमुख नारायण कार्किले नेपालकै तेश्रो बरियतामा पर्ने उच्चस्तरिय मेसिन सहितको ल्याब नुवाकोटमा उपलब्ध भएको बताउनुभएको छ ।  ल्याबको लागी आबाश्यक जनशक्ति समेत प्रदेश प्रयोगशालाबाट ट्रेनिङ प्राप्त भैसकेको उहाँले बताउनुभएको छ । कोरोना भाइृरस मात्रै नभई जेनेटिक अध्ययन र अनुसन्धानको लागी समेत  नुवाकोटको त्रिशुली अस्पताल अब अब्बल रहने बताउनुभएको छ ।
 

 पिसिआर ल्याब स्थापना


कार्यक्रममा वागमती प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेश सभा सदस्यहरु हिरानाथ खतिवडा, केशवप्रसाद पाण्डे, बद्री मैनाली, रसुवाको कालीका गाँउपालिकाका अध्यक्ष, नुवाकोटका केहि स्थानिय तहका प्रमुखहरुको सहभागीता रहेको थिष्यो । कार्यक्रममा सहभागी भएकाहरु सबैले त्रिशुली अस्पतालमा उच्चस्तरिय ल्याब स्थापना हुनु जिल्लाकै गौरबको बिषय रहेको बताएका छन् । 

 पिसिआर ल्याब स्थापना