सुर्यगढीका नागरिकहरुको कोरोना उपचार गाँउपालिकाले गरिदिने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक ८, शनिबार

सुर्यगढी गाँउपालिका

सुर्यगढी गाँउपालिकामा कोरोनाका बिरामीहरु बढेपछि स्थानिय नागरिकहरुमा त्रास उत्पन्न भएको छ । केहि दिन अगाडी एकैपटक धेरै जनामा गाँउपालिकाको नागरिकहरुमा कोरनाको रिर्पोट पोजेटिभ आएपछि स्थानियमा त्रास फैलिएको हो । 
तर गाँउपालिकाले लक्षण देखिएका बिरामीहरुका उपचार खर्च गाँउपालिकाले व्यहोर्ने निर्णय गरेको छ । 
गाँउपालिकाले एक बिज्ञप्ति नै जारी गरी कोरनाको लक्षण देखिएका सुर्यगढीका सम्पुर्ण कोरोनाका बिरामीहरुको उपचार खर्च गाँउपालिकाले व्यहोर्ने जनाएको छ । बिश्वमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसको उपचार खर्च आफ्नो गाँउपालिकाको नागरिकहरुको पहुँच भन्दा बाहिर भएकाले गाँउपालिकाले उपचार खर्च व्यहोर्ने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेले बताउनुभएको छ । 
उहाँका अनुशार नगरिकहरुको बाच्न पाउने अधिकार र नागरिक बचाउनु स्थानिय सरकारको कर्तव्य, दायित्व र जिम्मेवारी भएका कारणले सम्पुर्ण खर्च गाँउपालिकाले व्योहोर्ने निर्णय गरेको बताउनुभएको छ ।  
आफनो गाँउपालिकाको नागरिकहरुको बाच्न पाउने अधिकारको सुनिष्चतता र उहाँहरुको स्वास्थ्य उपचारको लागी बिकास बजेट कटौती गरेरै भएपनि गाँउपालिकाले सबै खर्च व्याहेर्ने निर्णय गरेको अध्यक्ष घलेले बताउनुभएको छ ।