विदुर नगरपालिकाद्धारा नेपाल बैङकसंग ब्याज अनुदान र बिना धितो ऋण सम्झौता

नुवाकोट न्यूज
२०७७ कार्तिक १७, सोमबार

बिदुर नगरपालिकाले नगर क्षेत्र भित्रको कृषि तथा पशुपन्छि जन्य लगायत अन्य उद्योग व्यवसाय प्रवद्र्धनको लागी नेपाल बैङक लिमिटेडसँग एकिकृत ब्याज अनुदान र बिना धितो ऋण सम्बन्धि सम्झौता गरेको छ । नगर प्रमुख उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका अनुसार बिदुर नगरपालिकाले नेपाल बैङकसँग सम्झौता गरेको हो ।
बिदुर नगरपालिकाको जमानतमा नेपाल बैङकले निर्देशिकामा तोकिएका मापदण्ड अनुसार कृषि कर्जा प्रबाह गर्ने जनाउको छ । जसको लागी बिदुर नगरपालिकाले सहजिकरण गर्ने बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभएको छ ।
नगरपालिकाको जमानतमा बिनाधितो ऋण प्रबाह तथा ब्याजमा अनुदान दिदै स्वरोजगारको प्रबद्धन गर्नको लागी यो कार्यक्रम सञ्चालन गर्न लागेको बिदुर नगरपालिकाले जनाएको छ । बैदेशिक रोजागरिबाट फर्किएका र उनिहरुको सिप र दक्षतालाई नगरपालिकामै पुनरुत्थान गर्नको लागी बैङकसँग बिना धितो ऋण र ब्याजमा अनुदान दिने कार्यक्रमलाई अगाडी बढाएको प्रमुख पण्डितले बताउनुभएको छ ।

बिदुर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता बिकास निर्देशिका अनुसार महिला उद्यमशिलता बिकास गर्ने, दलित समुदायको परम्परागत सिप र पेसालाई आधुनिकिकरण गर्ने, जनजाती सिमान्तकृत, अपाङगता तथा बिपन्न बर्गलाई बिशेष प्राथमिकता दिदै आयआर्जनमा सहजता प्रदान गर्ने बताईएको छ ।
नेपाल बैङक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण अधिकारी र बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा बिदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहाल, नेपाल बैङक लिमिटेडका बाग्मती प्रदेश प्रमुख सुन्दर पन्थि र नेपाल बैङक त्रिशुली शाखाका प्रबन्धक सुजन राजकर्णिकार, प्रमुख प्रशासकिय अधिधकृत सुदेबकुमार पोखरेलको सहभागीता रहेको थियो ।