विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर : टोलटोलमा डष्टविन बितरण  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २६, बुधबार

विदुर नगर हाम्रो शहर

विदुर नगर हाम्रो शहर सफा स्वच्छ राख्ने सबैको रहर भन्ने मुल नाराका साथ मंगलबार  विदुर नगरपालिका ४ स्थित बट्टारको पुरानो बजारमा एकिकृत फोहोरमैला व्यवस्थापन अभियान सुरु भएको छ । जैविक÷अजैबिक फोहर श्रोतमै छुट्याइ पुन प्रयोगको अभ्यास गरी फोहरको समस्या वडा र टोलमा कम गर्ने उदेश्यका साथ अभियान सुरु गरिएको विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकंमान श्रेष्ठले जानकारी दिनुभयो । 
अध्यक्ष श्रेष्ठका अनुसार फोहोरमैला लाई एकिकृत रुपमा जम्मा गर्न टोलटोलमा डष्टविन राखी फोहोरलाई संकलन गर्न सहज हुने उदेश्यले वडावाट डष्टबिन समेत वितरण गरिएको उहाँले बताउनुभयो ।

विदुर नगर हाम्रो शहर


कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सफा नगर बनाउने दायित्व हामी सबै नगरवासीको भएकाले एकिकृत फोहोरमैला व्यवस्थापन अभियानमा नगरका आम नागरिकहरुको सहयोग र सहकार्यमा मात्रै सम्भब रहेको बताउनु भयो । 
कार्यक्रममा विदुर नगरपालिकाका उप प्रमुख गिता कुमारी दाहाल, नेकपाका नेता तथा समाजसेवी बुद्वि प्रधान, विदुर नगरपालिका १ का वडा अध्यक्ष लेलिन रन्जित, टोल बिकास सस्था अध्यक्ष श्याम सुन्दर, सचिव निलमबावु ढुङ्गेल, वडा समितीका प्रतिनिधिहरु, लगायतको सहभागी रहेको थियो ।