संक्रमित संख्या ७ सयको हाराहारीमा, मापदण्ड बिपरित हिड्नेलाइ कारबाही 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २६, बुधबार

संक्रमित

मंगलबार नुवाकोटको बिदुर नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ४७ पुगेको छ । सक्रिय संक्रमितको संख्या अझै नुवाकोटमा ३ सय ४६ जना रहेका छन् । 
मंगलबार थपिएका कोरोना संक्रमितहरुमा बिदुर नगरपालिकाका १ जना महिला र ३ जना पुरुष, दुप्चेश्वर गाँउपालिकाका ३ जना महिला र १ जना पुरुष र लिखु गाँउपालिकाका १ जना महिला रहेका छन् । 
सबैजना होम आईसोलेसनमै रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङमा रहेको छ । होम आर्यसोलेसनमा ३ सय ३९ जना, शिबपुरीको संस्थागत आर्यसोलेसनमा १ जना र त्रिशुली अस्पताल नुवाकोटको आर्यसोलेसनमा ६ जना रहेका छन् ।
नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्न थालेपछी मंगलबारबाटनै केहि कडाई सुरु भएको छ । जिल्ला संकट ब्यबस्थापन केनद्रको बैठकले सिमित समय र मापदण्ड तोकेर कडाई गरेको छ । 
सबारी साधन, बजार क्षेत्र, धार्मिक स्थल लगायतमा मापदण्ड तोकिएको छ र स्वास्थ्यको प्रोटोकल अनुसार मात्रै तोकिएका क्षेत्रमा जानको लागी स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । स्वास्थ्यले तोकेको मापदण्ड बिपरित हिड्नेलाई संक्रामक रोग ऐन अनुसार कारबाहि गर्ने भएको छ । 
संकट ब्यबस्थापन केन्द्रको निर्णय कार्यान्वयन गराउन बजार क्षेत्रमा सुरक्षाकर्मिहरु परिचालन गरेको छ । बिशेष गरी सवारी साधनहरुले बिना मापदण्ड भरिभराउ यात्रु कोचेर सञ्चालन गर्न थालेपछी कोरोनाको उच्च जोखिम बढेको भन्दै सबारी साधनहरुलाई बिशेष निगरानिमा राखेको छ ।