प्रहरीको शौचालय र किचेन उद्धघाटनको लागी मन्त्रीको गरिमामय उपस्थिति  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २६, बुधबार

प्रहरीको शौचालय र किचेन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय नुवाकोटको शौचालय र किचेनको उद्धघाटन बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमकट्टेले गर्नुभएको छ । 
नुवाकोटका प्रहरी प्रमुख एसपि तुलबहादुर कार्कीले निमन्त्रणा पत्रमै भान्सा र शौचालय समुद्घाटनको लागी मन्त्रीको गरिमामय उपस्थिति रहने जनाउनुभएको छ । प्रहरीले निमन्त्रणा पत्रमा उल्लेख गरिएको कार्यक्रम र प्रमुख अथितिलाई गरिएको मानमर्दनको बारेमा सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी समेत भएको छ ।  
शौचालय र किचेनको उद्धघाटन गर्दे मन्त्री शालिकराम जमकट्टेलले गल्छि त्रिशुली सडकमार्गको सुरक्षालेनै समग्र बाग्मती प्रदेशको सुरक्षा अबस्थाको चित्रण गर्ने बताउनु भएको छ । 
उहाँले त्रिदेशिय मार्गको रुपमा स्थापित गल्छि त्रिशुली रसुवागढी सडकमार्गमा दैनिक ठुलो सबारी चाप रहने र भारत र चिन जोड्ने छाटो सडक नाकाको सुरक्षा प्रबन्धले समग्र बाग्मती प्रदेशकै सुरक्षा अबस्थाको चित्रण गर्ने बताउनु भएको हो । 
उत्तर र दक्षिण दुई देश बिचमा हुने ब्यापार, सिमानाकामा हुने अपराधिक घटना, चोरी तस्करी लगायतका घटनाहरु बढ्ने र त्यसको सबल ब्यबस्थापन र कटौतीगर्न सकेमा मात्रै प्रहरीले सफलता हात पार्ने बताउनु भयो । 
काठमाण्डौबाट नजिकको दुरीमा रहेको नुवाकोटमा बिभिन्न जिल्लामा भएका अपराधिक क्रियाकलापमा संलग्न भई लुक्ने स्थानको रुपमा समेत रहेको बताउनु भयो । नयाँ भवनकोे उद्घाटन गर्दै उहाँले प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताउनुभयो ।  
कार्यक्रममा नेकपा बाग्मती प्रदेश प्रमुख सचेतक केशबराज पाण्डेले सुरक्षा निकायले नागरिकहरुको अधिकारको रक्षागर्न सफल हुनु पर्ने बताउनु भयो । नुवाकोटमा जनशक्तिको अभाब रहदा पनी सुरक्षा अमनचयनमा कुनै कमि नआएको उहाँले बताउनुभएको छ । 
कार्यक्रममा नेकपा नुवाकोट अध्यक्ष एवं बाग्मती प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले नुवाकोटको बिभिन्न स्थानहरुमा अहिले पनी प्रहरी चौकिहरु आबाश्यकताको आधारमा स्थापना गर्न नसकेको बताउनुभएको छ । 
त्रिदेशिय मार्गको रुपमा सडक सुरक्षा मात्रै नभई जिल्ला भित्र र अन्य जिल्लामा भएका अपराधिक घटनाका अभियुक्तहरु नुवाकोट हुँदै रसुवा सम्म पुग्ने गरेकाले त्यस तर्फ प्रहरी सचेत रहनु पर्ने बताउनु भयो । संबिधानले दिएको अधिकारलाई अहिले सम्म केन्द्रले प्रदेशमा पठाउन नसक्दा प्रहरी परिचालन र ब्यबस्थापनमा चुनौती रहेको बताउनु भयो । संबिधानले नै प्रदेश प्रहरीको ब्यबस्था गरेकाले संबिधान अनुसार प्रहरी संगठनलाई मुलुक पुनसंरचित सँगै ढाल्नु पर्ने बताउनुभएको छ । 

प्रहरीको शौचालय र किचेन उद्धघाटन

कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले प्रहरीले कानुन कार्यान्वयन गराउदा केहि ब्यबहारिक पक्षहरुलाई समेत ध्यान दिनुपर्ने बताउनुभएको छ । 
अपराधिक घटनामा संलग्न भएकाहरुलाई कडा कारबाहि गर्दे सुसञ्जित समाजको बिकास गर्न नगरपालीमा अग्रसर रहेको बताउनुभएको छ ।  नगरपालिकाको सबै वडाहरुमा प्रहरी पोष्टको स्थापनाको लागी जनशक्तिको ब्यबस्थापन  गर्न समेत उहाँले माग गर्नु भएको छ । सुरक्षा निकायलाई आबाश्यक भौतिक ब्यबस्थापन नगरपालिकाले नै गर्ने उहाँले प्रतिद्धता जनाउनु भएको छ ।
बाग्मती प्रदेश सरकारको साँढे ३ करोड बजेटमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा भान्छा कोठा र शौचालय भवनको निर्माण भएको छ । अहिले प्रदेश सरकारले बिनियोजित बजेटबाट ४७ वटा प्रहरी कार्यालयका भवनहरु निर्माण भैरहेको बताईएको छ । यस्तै, यसै आर्थिक बर्षमा समेत थप ३६ वटा भवन निर्माणको प्रकृया सुरु भएको बाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा बाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक  बसन्त लामाले बाग्मती प्रदेश भित्र रहेका सबै प्रहरी युनिटहरुमा आबाश्यक न्युनतम भौतिक संरचना २ बर्ष भित्र निर्माण सम्पन्न भैसक्ने बताउनु भयो । संबिधानत बाग्मती प्रदेश अन्तर्गत रहने गरि प्रहरी परिचालनको खाका तयार भैसकेकाले आबाश्यक भौतिक संरचनाको बिकास तर्फ जोड दिएको उहाँले बताउनु भयो । वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको जानकारी दिनुभएको छ । 
यता, सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुननिर्माण अन्तर्गत बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ झिल्टुङमा अवस्थित प्रहरी चौकीकोे नयाँ भवन निर्माण भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ ।
यसैबिच, किस्पाङ गाँउपालिकाको फिकुरी चौकिको पनी उद्धघाटन भएको छ । जिल्ला प्रहरी कार्यालयको भान्सा र शौचालयकोे उद्धघाटन पछी मन्त्रि जमकट्टेलले फिकुरी चौकिको उद्धघाटन गर्नु भएको हो ।