पहिलोपटक गाँउमा बस पु¥याउँदाको खुसियालीमा अबिरमाला

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २७, विहिबार

पहिलोपटक गाँउमा बस

नुवाकोटको तादी गाँउपालिकाको वडा नम्बर १ को देउताखर्कमा पहिलोपटक यात्रुबाहक बस पुग्दा स्थानियमा खुसी छाएको छ । बुधबार उक्त स्थानमा बस पु¥याउनुभएका चालक चन्द्र गुरुङलाई स्थानियहरुले अबिरमालाले स्वागत समेत गरेका छन् । गाँउपालिकाको बिशेष पहलमा निर्माण भएकोे सडकमा पहिलोपटक बस गुड्दा स्थानियमा खुसी छाएको गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । 
यातायातको सुबिधा पछि गाँउमा उत्पादित कृषि सामग्रीहरु बजारसम्म पु¥याउन स्थानियलाई सहज हुनेछ । अन्य विपदका समयहरुमा गाँउमै एम्बुलेन्स लगायतका सवारी साधानहरुहरु सहजै रुपमा पुग्न सकिने भएकाले सदरमुकाम विदुर र काठमाडौ संग दुरी नजिक भएकाले स्थानिय नागरिकहरुले पाउने सेवा सुबिधामा सहज भएको स्थानिय नागरिक सुनिल ओझाले जानकारी दिनुभएको छ । 
 

पहिलोपटक गाँउमा बस

स्थानियहरुको धेरै लामो प्रयास र लगनसिलतामा सडक बाङ्गेश्वार हुँदै देउताखर्कसम्म यातायात चल्नेगरी सडक निर्माणमा सहजता भएको गाँउपालिकाका अध्यक्ष पाण्डेले बताउनुभएको छ । उहाँका अनुशार आगामी दिनमा देउताखर्कहुँदै माथिल्लो भेग उर्लेनीदेखी काल्चेसम्म दैनिक रुपमा यातायात सञ्चालनका लागी सडक निर्माण गर्ने योजना रहेको बताउनुभएको छ । 

पहिलोपटक गाँउमा बस