९०% नेपाली ''खाडि'' मा १०% ''बिदेशि'' को हलिले देश चलाउनेछ, अनि नेपाल स्वाहा हुनेछ .....

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २७, विहिबार

अनि नेपाल स्वाहा हुनेछ .....

राम चन्द्र तिम्सिना (आवाज)
सर्वहाराको ट्याग भिरेर भव्य महलमा बस्ने,

चुनाव केवल डर धम्कीको बलमा जित्ने,

हारेकालाई पनि रास्ट्रीय सभामा लैजाने नाम मात्रको कम्युनिस्ट पार्टी छ नेपालमा,

धनार्जनको ब्यापार मात्रै गरेर सत्ता टिकाउँछ!

साम्यवादको नक़ाबमा चल्दै कमिशनको वार्तालाप गर्छ ,

दलाल भ्रष्ट अगल बगलमा राखेर मार्क्सको पुस्तकको सट्टा आलमारिमा ब्रान्डेड रक्सी राख्छ !

झोले कमिसार र टोले डन बनेको ब्यबस्थालाई खै के भनौं ...

बहुदल, गणतन्त्र र लोकतन्त्रले रोडपतिबाट करोडपती बनेका चप्पलेहरु कै कारण देश बर्बाद हुँदैछ सोचौं एकपटक !

सबै नेता र भ्रस्ट कर्मचारीको "छाती" चिरेर यिनिहरुको तीन पुष्ते सम्पत्ती राष्ट्रियकरण गरौं !

आफन्त र इस्टमित्र सबैलाई छानबिनको दायरामा ल्याऔं,

चाहे स्वदेशमा हुन या बिदेशमा,

कठालो समाएर घोक्रे ठ्याक लगाऔं !

यिनिहरुका खानदान लाई "श्रमशिबिर" मा कोचेर बाटो बनाउन लगाऔं !

सम्रिद्धी र सुशासन अर्को महिनाबाटै सुरु हुनेछ !

तर यहाँ उल्टो चल्दैछ ....

बहुदल र लोकतन्त्रको ''अभ्यास" गरेको पनि ३० बर्ष भयो !

अब "संघियता" को ६० बर्ष लाग्ने छ !

जब ०४६ पछी उदाएका नव नेतृत्व र नेता अनी नेताका पनि "झोले नेता" हरु

अनी ०६३/०६३ पछी उदाएका नव धनाढ्य र नव सामन्तिहरु ,

नयाँ धर्म गुरुहरु जती सबै मन्त्री र प्रधानमन्त्री

अनी राष्ट्रपती भएपछी अनी बन्ला र नयाँ नेपाल ? किनकी ...........

२०० बर्षमा न भएको "बिकास" भएको छ हाम्रो देशमा १०% को जोड ले ....

मन्त्रीमन्डल पनि सांसदको १०%

बिकास पनि बजेटको १०%

नेता पनि जनताको १०%

जन गुनासो सम्बोधन पनि १०%

बिदेस बाट आको "सहयोग" पनि जनतामा १०% कती राम्रो .......

अब हामी फेरि संघिय गणतन्त्रको "अभ्यास" गर्नेछौं

१०% अनी आउने १० बर्षमा नेपाली पनि १०%.....

किनकी अब नेपालमा नेपाली होईनन,

सामन्ती ,तस्कर, माफिया ,दलाल,भाईभतिजो, सालो र सम्धी अनि भारतीय र अमेरिकी नोकर मात्र हुनेछन ....!

छोरी-ज्वाईको स्कुल हुनेछ,

छोरोको जग्गा हुनेछ, छोरीको शासन हुनेछ,

सालोको प्रोजेक्ट हुनेछ , भाई भतिजो ठेकेदार हुनेछन ,

सम्धी हाकिम हुनेछन अनी जनता "खाडी" मा हुनेछन.....!

एक पल्ट आँफै सोचौ हामी १०% उनिहरु ९०% हुनेछन् …… !!

अनि नेपाल स्वाहा हुनेछ !!