कतारमा ग्याल्पो लोसार सम्पन्न 

मणी लामा
मणी लामा

२०७५ फाल्गुन २५, शनिबार

ग्याल्पो लोसार

दोहा कतार । शेर्पा केदुग दोहा कतारको आयोजनामा ग्याल्पो लोसार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “भाषा, धर्म, कला, संस्कृति हाम्रो पहिचान, जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान“ भन्ने नाराका साथ सन् २०१७ मा स्थापना गरेको शेर्पा केदुग दोहा कतारले पहिलो पटक स मो फाक् २१४६औं ग्याल्पो लोसार बृहत साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

ग्याल्पो लोसार

मार्च ८ शुक्रबार का दिन कतार स्थित अमवाज क्याम्प(२ मिसाइद मा सम्पन्न भएको साँस्कृतिक कार्यक्रममा नेपाल बाट आमन्त्रित चर्चित गायक गोम्बु शेर्पा, नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पा, मोडल तथा गायक लाक्पा शेर्पा (अमोद्) चर्चित गायिका निर्माला घिसिङ, र दि भोइस अफ नेपाल टप १६ का प्रतिस्पर्धी बिबेक लामा लगायतले आ(आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शक लाई भरपुर मनोरञ्जन दिएका थिए । साथै कतारमा क्रियासिल कलाकार हरुले शेर्पा जातिको स्याफ्रु नाच लगायत विभिन्न नृत्य मार्फत बिजोड प्रस्तुति देखाएका थिए ।
 

ग्याल्पो लोसार

शेर्पा केदुग दोहा कतारका अध्यक्ष ङवाङ कुसाङ शेर्पाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार का अध्यक्ष शिव भुजेल रहनु भएको थियो । प्रमुख अतिथि भुजेलले कार्यक्रम लाई सम्बोधन गर्दै “आदिवासी जनजाति हरुलाई राज्य स्तर बाट विभिन्न समयमा दमन र शोषण भइरहेको र कुनै हालतमा स्विकारे नहुने बताउदै देश तथा बिदेशमा छरिएर रहेका आम नेपाली आदिवासी जनजाति हरु एकजुट भएर आवाज उठाउन आव्हान समेत गर्नु भएको थियो“। सो कार्यक्रमका विशेष अतिथि  महासंघ कतारका सियाराम चौधरी, तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ लगायतले शुभकामना मन्तव्य मार्फत जनजाति हरुले अबको दिन हरुमा राज्य स्तर बाट पाउनु पर्ने अधिकार खोजेर मात्र नभई खोस्नु पर्ने अवस्था मा पुगिसकेको बताएका छन् । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिधि हरुको सहभागी संगै नेपाली दर्शक हरुको उल्लेख्य सहभागी रहेको थियो ।
 

ग्याल्पो लोसार

सल्लाहकार एवं कार्यक्रम संयोजक रिन्जी शेर्पाको स्वागत मन्तव्य द्वारा औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रममा अध्यक्ष ङवाङ कुसाङ शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिदै, आगामी दिन हरुमा कतारमा सक्रिय रहेको नेपाली संघसंस्था हरु संग सहकार्यमा रहेर सामाजिक काममा अगाडि बढेर आफ्नो जातिको पहिचानको लागि लडिरहने बताउदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो । सो सांस्कृतिक कार्यक्रम नेपाल प्रवासी तामाङ समाज कतारका सचीव कुमारी तामाङ र म्हेन्दोमाया समाज कतारका केन्द्रिय सदस्य सुवास तामाङले उत्कृष्ट संचालन गरेका थिए ।