विदुरमा निर्माणधिन २५ मेगावाटको सोलार ग्रिडले प्रभाबितको माग सम्बोधन गर्ने 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २७, विहिबार

सोलार ग्रिड

विदुर नगरपालिकामा निर्माण भैरहेको २५ मेगावाटको सोलार ग्रिड आयोजनाले वडा नम्बर १२ का प्रभाबित नागरिकहरुको माग सम्बोधन गर्ने भएको छ । आयोजना प्रभाबित र आयोजना बिचमा भएको सार्बजानिक सुनुवाईमा प्रभाबितहरुले उठाएका जायज मागहरुलाई सम्बोधन गर्दे जाने आयोजना प्रमुख बिकार रघुबँसिले जानकारी दिनुभएको छ । 
प्रभाबित नागरिकहरुले आयोजनासँग, बिदुर नगरपालिका वडा नम्बर ६ को ब्यारेक देखि वडा नम्बर १२ को ज्यामिरेसम्म सडक कालोपत्रे गर्नुपर्ने, हरित सडक निर्माण गर्नुपर्ने, दिगो विकास गर्नुपर्ने शिक्षा, स्वास्थ्य लगायतको पुर्बाधार बिकास र स्थानिय प्रभाबितहरुलाई रोजगारिको सुनिस्चतता गर्नुपर्ने माग राखेको थियो ।
प्रभाबित नागरिकहरुको गुनासो सम्बोधन गर्दै आयोजना प्रमुख विकास रघुबँसिले पहिलो चरणमा ब्यारेक देखि गौरिबेसी सम्म आयोजना निर्माण पक्षले सडक स्तरउन्नती तथा कालोपत्रे गर्ने र बाँकि सडकको स्तरउन्नती नेपाल बिद्युत प्राधिकरणले गर्ने जानकारी दिनु भयो । साथै, आयोजना निर्माण प्रकृयाको कुल बजेटको ०.७५ प्रतिशत बजेट सामाजिक उक्तर दायित्व अन्तर्गत खर्च गर्ने भएकाले प्रभाबित क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको संरचना बिाकस र क्षमता अभिबृद्धिमा खर्चिने बताउनुभएको छ । 
झण्डै ६ कलिोमिटर सडकको स्तरउन्नती तथा काmलोपत्रे गर्न ठुलो बजेट लाग्ने भएकाले बाताबरणिय परिक्षण प्रतिबेदनमै उल्लेख गरेर प्राधिकरणमा प्रस्तुत गर्न लागेको बताउनुभएको छ । 
सार्बजानिक सुनुवाई कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सिताराम अर्यालले आयोजना निर्माण र प्रभाबितहरुको माग सँगसँगै अगाडी बढाउनु पर्ने बताउनुभएको छ ।  आयोजना निर्माण पक्षले सडक स्तरउन्नतीको लागी सर्भे गरेको बषैँ बितिसक्दा पनी निर्माण कार्यमा नलाग्दा समस्या भएको बताउनु भयो । आयोजनाले सडकको स्तरउन्नती गर्ने प्रतिबद्धता जनाएर निर्णय कार्यान्वयन नगर्दा समस्या भएको उल्लेख गर्नुभयो 
आयोजना प्रभाबितहरुले पटक पटक माग राख्दा पनी सम्बोधन नगरेपछी प्रभाबित नागरिकह्रुले सँघर्स समिति बनाएर आन्दोलनको कार्यक्रमहरु सुरु गरेको छ । आयोजना प्रभाबित सरोकार संघर्स समितिका संयोजक नबराज ढुङगाना बिज्ञानले नागरिकहरुको जायज मागलाई सम्बोधन नगरेमा आयोजना निर्माण हुन नदिने बताउनुभएको छ । 
प्रभाबितहरुको सामान्य माग समेत पुरा गर्न नसक्ने आयोजना भोलीका दिनमा हुनसक्ने संभाबित दुर्घटनाको जोखिम बहनबाट समेत पछि हट्ने प्रभाबित सुदर्शन रिमालले बताउनुभएको छ । 

सोलार ग्रिड

यसभन्दा अगाडीनै नेपाल बिद्युत प्राधिकरणको देबिघाट जलबिद्युत केन्द्रमा पानी लगेको नहरको उचित ब्यबस्थापन नँहुदा आफ्नो परिवारको सदस्य गुमाउनु परेको समेत उहाँले स्मरण गराउनु भएको थियो । भोलीका दिनमा सोलार आयोजनाबाट समुदायमा पर्ने दिर्घकालीन असरको बिषयमा समेत बहस हुन अबाश्यक रहेको उहाँले बताउनुभएको छ । 
बिदुर नगरपालिका वडा नम्बर १२ मा आयोजनाको ब्लक ५ रहने छ । नेपाल बिद्युत प्राधिकरणको स्वामित्वमा यस अघिनै रहेको जग्गामा आयोजना निर्माण थालिएको हो । बिदुर नगरपालिकाको बिभिन्न ६ स्थानमा गरि कुल २५ मेगावाट बिद्युत उत्पादन हुने छ । 
बिदुर नगरपालिका वडा नम्बर १२ मा मात्रै ६ दशमलब ५ मेगावाट उर्जा उत्पादन गर्ने आयोजनाले जनाएको छ । आयोजना निर्माण गर्दा, स्थानिय स्तरमा उपलब्ध श्रोत तथा साधनहरुको बहुप्रयोग र स्थानिय नागरिकहरुलाई रोजगारी दिने आयोजनाले जनाएको छ ।