"किनकी ऊ कम्युनिस्ट हो" --------

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर ४, विहिबार

 कम्युनिस्ट

राम चन्द्र तिम्सिना (आवाज)

अभियन्ताको गर्जनसंग भड्किन्छ,

नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ !

दासढुङ्गाको भुत संग धड्किन्छ ,

किनकी ऊ कम्युनिस्ट हो !!

निर्मलाको आत्मा भित्र किच्कन्य ,

सालिकरामको फोटो भित्र मुर्कुट्टा देख्छ !

न्याय संग डराउँदैन, कानुन मान्दैन,

किनकी ऊ कम्युनिस्ट हो !!

बिस्तारवाद संग झुक्छ,

साम्राज्यवाद संग लुक्छ !

बिरोध गर्ने जनतालाई छानीछानी कुट्छ,

किनकी ऊ कम्युनिस्ट हो !!

दर्शन ,सिद्धान्त ,लक्ष्य र उदेश्य संग भाग्छ,

बिस्तारवाद संग लम्पसार पर्दै उग्ररास्ट्रवाद छाँट्छ !

गट्बन्दी गर्छ, गल्तिको आत्मसमिक्षा गर्दैन,

किनकी ऊ कम्युनिस्ट हो !!

दलाल, माफियासंग सुत्छ,

तस्कर ,दलाल पुज्छ गद्दारसंग हिड्छ,

सोझासंग भिड्छ, किनकी ऊ कम्युनिस्ट हो !!

सर्वहाराको झुपडी भत्काएर,

पुँजिपतिको महल टाल्छ, गरिब किसान मारेर,

बिचौलिया पाल्छ, किनकी ऊ कम्युनिस्ट हो !!

मार्क्सको फोटो टाँसेर, मोदि पाल्छ !

"जवज" जपेर, त्रिशुलिमा जिप फाल्छ !!

MCC समातेर अमेरिका तान्छ !!

किनकी ऊ कम्युनिस्ट हो !! किनकि ऊ कम्युनिस्ट हो !!