शिवपुरी गाँउपालिकाले ५० प्रतिशत अनुदान दिएसंगै दुध उत्पादन बढ्यो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर ५, शुक्रबार

दुध उत्पादन बढ्यो

प्रविण थपलिया 
शिवपुरी गाउँपालिकाले कृषि उत्पादन र बजारिकरणमा अनुदान दिएसगैँ किसानहरुको आयस्तरमा बृद्धि भउको छ । गाउँपालिकाले अनुदान दिएसंगै दैनिक १३ सय लिटर दुध सङ्कलन हुदैँ आईरहेको छ । 
गतवर्षको कार्यक्रममा शिवपुरी गाउँपालिकाले दुध सङ्कलन केन्द्रहरुलाई दुध सङ्कलन र भण्डारण मेशिन चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएसगैँ गाई र्भैसीको दुध बेच्ने कृषकको सङ्ख्या बढ्दै गईरहेको किसानहरुको भनाएई रहेको छ । 
गाँउपालिकाले शिवपुरी डेरी फर्म, सत्त्तरी जागरुक्क कृषि सहकारी सङ्कलन केन्द्र, थानपति र कुण्डला डेरी सप्लायर्स सङ्कलन केन्द्र, महाकाली लाई दुध सङ्कलन र भण्डारण मेशिन चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ । 
गत वर्षसम्म दुध कसरी विक्रि हुन्छ होला र भनेर सोच्दै गरेका कृषकहरु हाल गाउँपालिका भरका २ सय ५० घर परिवार कृषकले दैनिक ७ देखि १० लिटर दुध बेचेर आयआर्जन गदैँ छन् । हाल झन्डै ८५ जना कुषकबाट दैनिक ५ सय ९० लिटर दुध शिवपुरी डेरी फर्मले सङ्कलन गर्दै आईरहेको छ भने जागरुक्क सहकारी सङ्कलन केन्द्रमा दैनिक ५५ जना कृर्षकको ३ सय ४० लिटर दुध सङ्कलन हुन्छ र कुण्डला दुध डेरी सप्लार्यसले दैनिक ४२ जना कृषकबाट २ सय २० लिटर दुध सङ्कलन भईरहेको छ । 
साथै दैनिक ५० लिटर भन्दा धेरै दुध उत्पादन गर्ने ४ वटा ब्यवसायिक फर्म आधुनिक कृषि फर्मले दैनिक १ सय लिटर र कुण्डला देवी कृषि फर्मले दैनिक ६० लिटर र थानापति व्यवसायिक कृषि उद्योगले दैनिक ६० लिटर दुध उत्पादन गदैँ आईरहेको भने दुध ढुवानीमा गाउँपालिका र सहकारी र जोनको साझदारीमा किनिएको गाडी प्रयोग भईरहेको छ । उठ्दै गरेको पशुपालन व्यवसाय यसवर्ष पनि थप ३ वटा ठाउँमा दुध सङ्कलन केन्द्रका लागि चिलिङ भ्याट मेसिन खरिदमा अनुदान र उत्पादनका आधारमा दुध बेच्ने कृषकलाई प्रति लिटर दुधमा अनुदान र उन्नत जातको भैँसि खरिद गरी ल्याउने कृषकलाई ढुवानीमा अनुदान र कृषकको पशुधन सुरक्षणको लागि पशु विमा प्रिमियम शुल्कमा अनुदान र सहज पशु स्वास्थ्य प्राविधिक उपलब्धता जस्ता कार्यक्रम शिवपुरी गाउँपालिका सगँ रहेको  पशु प्राविधिक विज्ञान पाण्डेले वताउनुभएको छ ।  यस कार्यक्रमले साना कृषक देखि व्यसायिक फर्म समेटि गत वर्षबाट सुरु भएको दुध सङ्कलन कार्यले यसवर्ष उल्खिनिय बुद्धि हुने किसानहरुले आशा लिएका छन् ।