नेपालको पहिलो डिजे तेन्जिङ शेर्पा कतारमा सम्मानित

मणी लामा
मणी लामा

२०७५ फाल्गुन २६, आईतबार

स मो फाक् २१४६औं ग्याल्पो लोसार

दोहा कतार÷शेर्पा केदुग दोहा कतार द्वारा आयोजित स मो फाक् २१४६औं ग्याल्पो लोसार “बृहत साँस्कृतिक कार्यक्रम(२०१९“ मा नेपालबाट आमन्त्रित नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पा, मोडल तथा गायक लाक्पा शेर्पा (अमोद्) चर्चित गायिका निर्माला घिसिङ, र दि भोइस अफ नेपाल टप १६ का प्रतिस्पर्धी बिबेक लामा सम्मानित भएका छन् ।
कतार को राजधानी दोहामा भएको कार्यक्रममा शेर्पा केदुग दोहा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार, नेपाल तामाङ कलाकार संघ कतार, र ओखलढुंगा सेवा समाज कतारले सम्मान पत्र प्रदान गरि सामुहिक रुपमा सम्मान गरेको हो । 
 

स मो फाक् २१४६औं ग्याल्पो लोसार

जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा म्हेन्दोमाया समाज कतारको प्रथम उपाध्यक्ष गौतम तामाङ, शेर्पा केदुग दोहा कतारका अध्यक्ष ङवाङ कुसाङ शेर्पालगायतको सहभागिता रहेको थियो । 
नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम उपाध्यक्ष तेज मोक्तान तामाङले संचालन गरेको कार्यक्रममा तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ, म्हेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्ब तामाङ, नेपाल तामाङ कलाकार संघकी अध्यक्ष सबिना तामाङ, ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष भिम तामाङ, लि ल फंग घले समाज कतारका अध्यक्ष आयुस घले लगायतले शुभकामना मन्तव्य मार्फत कलाकार हरुलाई उज्ज्वल भबिष्यको कामना व्यक्त गर्नुभएको थियो ।