डाक्टरको टिम सहित अपाङ्गता परिचयपत्र बोकेर घरघरमै पुगे किस्पाङका अध्यक्ष छत्र लामा

नुवाकोट न्यूज
२०७७ मंसिर १४, आईतबार

नुवाकोटको किस्पाङ गाउँपालिकाले वडा वडामा घुम्ती शिबिर संचालन गरी अपाङ्गता परिचयपत्र बितरण गर्न सुरु गरेको छ ।
शनिबार वडा नम्बर ५ बाट अपाङ्गता परिचयपत्र बितरण सुरु गरेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष छत्र लामा, उपाध्यक्ष मायादेवी न्यौपाने घलेले अपाङ्गता भएका ब्यक्तिको घरघरमै पुगेर बितरण सुरु गरेको हो ।
शनिबार वडा नम्बर ५ को १५ जनाको नवीकरण र १७ जना लाई नयाँ कार्ड गरी ३२ जना लाई बितरण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।
४ जना अपाङ्गता भएका अशक्तलाई घरमै पुगि कार्ड प्रदान गरेको गाँउपालिकाले जनाएको छ । अपाङ्गता भएका अशक्तहरुलाई चेकजाँच गर्नको लागी डाक्टरको टिम सहितको समुह बनाई वडा वडामा बितरण सुरु गरिएको छ ।

गाँउपालिकाले मंसिर १४ गते वडा नम्बर २, १५ गते वडा नम्बर ४, १६ गते वडा नम्बर १ र १७ गते वडा नम्बर ३ मा घुम्ती शिबिर संचालन गरिने जानकारी दिएको छ । साथै घुम्ती शिबिर संचालन हुने स्थानबाट सेवा लिनको लागी अध्यक्ष छत्र लामाले नागरिकहरुलाई आग्रह समेत गरिएको छ ।