विदुर नगरपालिकाद्धारा ५ स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्दै, कोरोना भाइरस परिक्षणको लागि स्वाव समेत सङ्कलन गरिने 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर १४, आईतबार

विदुर नगरपालिका

विदुर नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा उल्लेख गरे अन्ुसार ५ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न लागिएको छ । आइतबारबाट खड्गगकभञ्याङग स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ भने यसै हप्ता भित्र कल्याणपुर स्वास्थ्य चौकी,  गेर्खु स्वास्थ्य चौकी, चारघरे स्वास्थ्य चौकी, र वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीबाट पनि उक्त प्रयोगशाला सञ्चालनमा ल्याइने नगरापालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभएको छ । 
खड्कभञ्याङग स्वास्थ्य चौकीमा प्रयोगशाला उद्घाटन समारोहलाई संवोधन गर्नुहुदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गाउँमा नै सर्बसूलभ रुपमा स्वास्थ्य सेवा पुराउने उद्देश्यले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएकोे बताउनुभएको छ । नागरिकको बास्तविक समस्या समाधानको लागि राज्यले खर्च गर्नपर्छ भन्ने मान्यताको साथ नगरपालिका स्वास्थ्य क्षेत्रको सुधारमा प्रयासरत रहेको मेयर पण्डितले बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले नागरिकलाई विस्वासको वातावरण बनाउनको लागि स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै आइरहेको बताउनुभएको छ । घरदैलोमा रहेको स्वास्थ्य चौकीमा उपलव्ध सेवा लिन छाडेर नागरिकहरु सदरमुकाम तथा राजधानीको ठूला अस्पतालहरुमा धाउने परम्पराको अन्त्यको लागि वडावडामा सञ्चालित स्वास्थ्य प्रयोगशालाले सहयोग पुग्ने अपेक्षा लिएको उहाँले बताउनुभएको छ ।

विदुर नगरपालिका


स्वास्थ्य प्रयोगशाला सञ्चालनको लागि आवस्यक कर्मचारी र सामाग्री सम्वन्धित स्वास्थ्य चौकीमा पुराइसकिएको विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले बताउनुभएको छ । 
उहाँको अनुसार एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको लागि कर्मचारी बाहेक ९ लाख रुपैयाँ बराबरको रकम लगानी गरिएको छ । जिल्ला अस्पताल त्रिशुलीबाट उपलव्ध हुने अधिकांस सेवाहरु उक्त प्रयोगशालाबाट पाइने र नेपाल सरकारले निशुल्क गरेको सेवा बाहेकका औषधोपचार गर्न परेमा २५ प्रतिसत सम्मको छुट रहने जनस्वास्थ्य निरिक्षक भण्डारीले बताउनुभएको छ । उहाँको अनुसार आवस्यक परेको खण्डमा उक्त प्रयोगशालाबाट कोरोना भाइरस परिक्षणको लागि स्वाव समेत सङ्कलन गरिनेछ । 

विदुर नगरपालिका