सुर्यगढीका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना पोजेटिभ 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर १५, सोमबार

सुर्यगढी


नुवाकोटको सुर्यगढी गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना संक्रमण देखिएको छ । केहि दिन अघि स्वाव संकलन गरी गरिएको परिक्षणमा आईतबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको हो । केहिदिन अघि शरिरमा हल्का असजिलो महशुस भएपनि अहिले भने स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । 
उहाँ सहित घरका अन्य सदस्यहरुको पनि गरिएको स्वाव परिक्षणमा अन्यको भने रिर्पोट नेगेटिभ आएको अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
उहाँ स्वास्थ्यको मापदण्ड पुरा गरी घरकै आईसोलेसनमा रहनुभएको छ । अध्यक्ष घले घरमै रहनुभएकाले गाँउपालिकाको कार्याललयले भने सेवा सूचारु राखेको छ ।