ओलि, प्रचण्ड, देउवा रास्ट्र नायक होईनन, उसो भए को हो त ??

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर १५, सोमबार

ओलि, प्रचण्ड, देउवा

राम चन्द्र तिम्सिना (आवाज)

यति लेख्दै गर्दा राजावादिको ट्याग भिराईदिन पनि सक्छन् बिस्तारवादी र साम्राज्यवादिका खेतालो भन्न पनि सक्छन्, अस्थिरता र अराजकवादिको बिल्ला भिराईदिन पनि सक्छन् । तर म ढुक्क छु अन्तिम सम्म पढ्ने कोशिश गर्नुहुन्छ भन्नेमा। शंका उप-शंका उब्जियो होला होईन ? मन मस्तिष्क तरंङ्गित भएको पनि हुनुपर्छ।

प्रश्न पनि उब्जियो होला होईन ? उसो भए को हो त रास्ट्र नायक ?

मन मनै सोच्दै हुनुहुन्छ होला,

१. नेपाली कांग्रेसका उदाउँदो तारा गगन थापा हुनुपर्छ वा,

२. नेपाली राजनितिका अस्ताउँदो तारा शेरबहादुर पनि हुनसक्छन ,

३. ढुल्मुले बाबुराम,

४. बेसारे ओलि,

५. छेपारे प्रचण्ड ,

६. गिर्जाबाबु,

७. मनमोहन ,

८. बिपि,

९. पुस्पलाल

१०. भण्डारी आदि इत्यादी ।

को होला त ?

खुल्दुली नै खुल्दुली जिज्ञासा नै जिज्ञासा ,अन्यौल र कौतुहलता कायमै, कतै यस्तो पनि लाग्यो होला ....

१. पत्रकार रवि लामिछाने ,

२. समाज सेवि ज्ञानेन्द्र शाही,

३. दार्शनिक मुकुन्द घिमिरे  को हुनसक्छ रास्ट्र नायक ?

अझै अन्यौलता मै लाग्न सक्छ ......

१. राजनीति बिश्लेषक सुरेन्द्र केसि

२. भरत दहाल

३. खगेन्द्र संग्रौला आदि इत्यादी ....

ढुक्क हुनुस यी मध्य कोहि पनि होईनन। रास्ट्र नायक चुनिएकै छैनन। स्वघोषित रास्ट्र नायकको बिल्ला भिराईदैमा कोहि रास्ट्र नायक कहलिदैन।रास्ट्र नायक त त्यो हुन्छ जस्लाई भगवान जसरी सदा-सर्वदा सुख-दु:खमा पुकार्न सकियोस ।

रिस उठ्दा चड्काउन पाईयोस खुशी हुँदा चाट्न पाईयोस। रास्ट्र नायक उ हुन्छ जस्ले नि:स्वार्थ सर्वमान्य सिद्धान्त र कार्यदिशा सहित देशलाई निकास दिन सक्छ। फेरि प्रश्न उब्जियो होला होईन यस्तो सर्वमान्य सिद्धान्त के हुनसक्छ ? राणा, पञ्चायत ,बहुदल, गणतन्त्र र लोकतन्त्र स्थापित भैसक्दा पनि बाँकी के रह्यो ?

पहिलो कुरा त जनताद्वारा निर्वाचित प्रतिनिधि जन-उत्तरदायी हुनै सकेका छैनन् ,दोस्रो कुरो यो होकि विभिन्न नामधारी पार्टिका थरिथरी एजेन्डा भएपनी शैली ,पद्धति र परम्परा उहीँ पुरानै रह्यो, तेस्रो कुरा १७औं शताब्दीका शाहबंशिय सिद्धान्त ,१८ औं शताब्दीका मार्क्स र १९औं शताब्दीका माओका सिद्धान्त आजको यस बैज्ञानिक युगले स्विकार्ने अवस्था नै छैन।

आजको आवस्यकता भनेको दुईदलिय प्रणाली ,प्रत्यक्ष जन-निर्वाचित कार्यकारी, शिक्षा, स्वास्थ्यमा नि:शुल्क ब्यबस्था सरकारी खर्चमा उम्मेदवार ,१८ देखि २४ बर्ष सम्मकालाई अनिवार्य सैनिक तालिम ,सिमानामा पर्खाल सहित ,पर्यटन र कृषिमा व्यापक लगानिको ब्यबस्था जस्ले लागू गराएर देशलाई बिकास तर्फ डोर्याउन सक्छन उहीँ कहलिन्छन रास्ट्र नायक। जसरी आजको मलेसियाले महाथिर, सिंगापुरेले लि क्वान पुज्दैछन ।         </div>

      
       
        
        

        

        <!-- second section  -->
        <div class=