सम्पादक लामिछाने नुवाकोट बारको उपाध्यक्ष

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ मंसिर २८, आईतबार

रिता लामिछाने

नेपाल बार एशोसिएशन नुवाकोट जिल्ला अदालत बार एकाईको उपाध्यक्षमा यस नुवाकोट न्युज डटकमका सम्पादक रिता लामिछाने निर्बाचित हुनुभएको छ ।  
राजाराम थपलियाको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको उपाध्यक्षमा रिता लामिछाने चयन हुनुभएको हो । 
सचिवमा कुमार अधिकारी, सहसचिवमा गरिमा पाण्डे र कोषध्यक्षमा कृष्णलाल श्रेष्ठ सर्वसम्वत रुपमा चयन गरिएको हो । 
सदस्यहरुमा द्धारिका पाण्डे, नागार्जुन सिंह, बासुदेव रिजाल र नवदिप श्रेष्ठ चयन हुनुभएको निर्बाचन समितिका संयोजक श्रीराम पाण्डेले जानकारी दिनुभएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा रामेश्वर उपाध्याय र उत्तम घिमिरे चयन हुनुभएको छ । 
नुवाकोट बारको नयाँ नेतृव्को कार्यसमितिमा सचिव कुमार अधिकारी, सदस्य नवदिप श्रेष्ठ र केन्द्रिय प्रतिनिधी उत्तम घिमिरे नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको सदस्य समेत रहनुभएको छ ।