जबसम्म एक नर्सले अर्को नर्सको सम्मान गर्दैनन तबसम्म नर्सिङ पेशा डाक्टरको सहयोगीको उपनामबाट माथी उक्लिन सक्दैन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष ७, मंगलबार

नर्स, डाक्टर, नर्सिङ

- सल्मा बेगम

वि.सं. २०७२ सालमा पिसिएल अर्थात् नर्सिङ इन डिप्लोमा सिटिइभिटीबाट सकेको मैले । हातमा विशिष्ट श्रेणीको ट्रान्सकिप्ट सानो गर्वको कुरा थिएन मेरो लागि । सामान्य सरकारी स्कुलबाट प्रथम श्रेणीको लागि नि धौधौ पर्ने हाम्रो लागि अङ्ग्रेजी मेडियममा पढाइ हुने नर्सिङ विषय पास गर्नु पनि मेरो लागी ठूलो कुरा । हातमा ट्रान्स्कृप्ट परेपछी हामि नर्सको अर्को दौड सुरु भइहाल्छ लाइसेन्स परिक्षा तयारी । 
सायद त्यतिबेला लाइसेन्स तयारी कक्षा चल्दैन थ्यो या हामिलाई त्यस बारे जानकारी भएन अथवा लाइसेन्स पास गर्नलाई धेरै ठुलो  हाम्रो लागि ठुलो  मुद्दा  थिएन, के कुरा थियो त्यो चै याद रखिन तर हामी मध्ये कोहि पनि लाइसेन्स परिक्षा तयारी कक्षाको लागि भनेर शहर  हिंडेनौ र  घरमै तयारी गरेर लाइसेन्स  पास गर्यो । 
प्राय सबै सथीहरु पहिलो पटक  मै पास गरेको र भर्खर मात्र चलाउन सिकेको आफ्नु फेसबुक एकाउन्टमा धमाधम नेपालको रजिर्ड नर्स बनेको स्टाटस पोस्टाउदै बधाइको ओईरो पनी हात पारी हाल्यौ । एउटै गन्तब्यमा पुगेका हामी सबै रजिस्टर्ढ नर्सहरु फेरि आफ्ना नयाँ नया गन्तब्यहरु कोर्न लाग्यौ ।
कोहि आइल्ट्स गर्दै बिदेशको सपना पूरा गर्न लागे,कोहि आफ्नो लिन्क भएको अस्पताल तिर भोलेन्टियर गर्न लागे,कोहि  जागिर पनि सुरु गर्न तर्फ लागे, तर धेरै मध्ये हामी केही भने विभिन्न पत्रपत्रिका र अनलाईन साइट तिर कर्मचारी आबस्यकता वाला पोस्ट खोज्न तर्फ लाग्यौं । 
त्यति ठुलो सहर पनि थिएन हाम्रो, नत धेरै अस्पताल र क्लिनिकहरु नत जागिरको अबसर, त्यसै पनि कोहि चिनेको लिन्क पनि त थिएन, जिल्लामा पहिलो र हाल सम्म एउटै नर्सिङ कलेजका हामी तेस्रो ब्याजका विद्यार्थी,कलेजले बर्सेनि जिल्लामा ४०÷४०को दरले स्किलफुल नर्सहरु उत्पादन गर्ने गर्छ र बेरोजगारको दुनियामा धकेल्ने गर्छ, गल्ती कलेजको हैन, नर्सिङ ब्यबस्थापनको माथिल्लो निकायको हो,जस्ले देशमा  बर्सेनि हजारौंको संख्यामा नर्स उत्पदन गर्दछ र उचित ब्यबस्थापन गर्न सक्दैन । 
जागिर पाउनलाई एक्स्पिरियन्स हुनुपर्ने र एक्स्पिरियन्सको लागि जागिर खानै पर्ने, यहि चक्रमा लामो दौड हर कोहि नर्स दिदीबहिनि ले गर्नै पर्ने प्रचलन यहाँ देख्न पाइन्छ । हामी पनि के कम दैडिनै रह्यो , कहि त होला,कोहि त होला बिना एक्स्पिरियन्स जागिर दिने, आफ्नो सर्टिफिकेटमा सक्कल बमोजिम नक्कल ठिक छ को मुनि आफ्नो हस्ताक्षर हन्न पनि छोडेनौ ।
भोलेन्टियर गर ३ महिना अनि काम हेरेर चित्त बुझे काम दिन्छु भन्ने प्रस्ताब कतैकतै आएपनि हामी स्विकार गर्दैन थियौ, खोइ किन हो भोलेन्टियर गरेर श्रम शोषण गराउन सायद हामीलाई मन्जुर थिएन,लाखौं लगानी गरेर, ३ बर्ष  कडा मेहेनत, रातभर जागराम बसेर गरिएका केस स्टडी, प्रिजेन्टेसन,हेल्थ टिचिङ ,कमुनिटी फिल्डमा घरघर चहारी कलेक्ट गरिएका डाटाहरु,बनाएका नर्सिङ डायग्नोसिस, योजना अनि इल्प्लिमेन्टले सायद रोकेको हुनुपर्छ, आफ्नो मेहनत ,पसिना, लगनलाई बिजनेस गर्नेहरुको अगाडी सित्तैमा के  बेच्नु भनेर,  हामी कसैलै भोलेन्टियर गर्दै गरेनौं र आफ्नो धैर्यता नछोडी बस्यौं, लगभग ६/७ महिनाको अन्तरालमा हामिले जागिर खान सुरु ग¥यौ । कोहि एउटै सस्थामा र कोहि अलग तर सायद सबैले सटार्टिङ जब हियर एन्ड दियर भनेर सामाजिक सञ्जालमा पोस्टाउन थाली सकेका थियौ ।

मैले जागिर गरेर पहिलो पटक बुझेको तलब २७,३०० खुसीको कुनै सिमा थिएन, त्यति बेला सम्म पनि कोहि साथीहरु भोलेन्टियर गर्दै थिए होलान या कोहि प्राइभेट हस्पिटलमा ८/१०हजार सम्म तलब बुज्थे, त्यति बेला लाग्यो, धन्न जागिर नापाइएला कि भनेर आफ्नो श्रमको मूल्य सित्तैमा बेचिएन छु।

त्यसैले मलाइ लाग्छ नर्सिङ भनेको सानै उमेरमा ब्यबहारिक बनाउने शिक्षा हो, जस्ले आफ्नु ब्यक्तिगत जीवन, घरपरिवार, समाज, सबैलाई एकैसाथ कुनै न कुनै ढंगबाट समेटिरहेकी हुन्छिन, कलिलो उमेरमा अरुको जिन्दगी सङ प्रत्यक्ष या अप्रत्यक्ष रुपमा आवद्ध भइसकेकी हुन्छिन,जिम्मेवार बनिसकेकी हुन्छिन । जतिबेला संगै एसएलसि दिएका साथीभाइ अझै जिन्दगीमा के गर्ने भन्ने कुरा अलमलिरहेको हुन्छ्न त्यति बेला एउटि नर्स  अरु कसैको  जिन्दगीलाई आफ्नो हातले स्वागत गर्न सक्ने भै सकेकी हुन्छिन । नर्स हुनु आफै मा गर्बको कुरा हो ।
नर्सिङ पेसामा आफुलाइ समर्पित गर्दै गर्दा आफ्नो अलग्गै दुनियामा भुलिने रहेछ । उच्च शिक्षाको लागि सोच्ने समय नहुने नै रहेछ ।हातमा परेको नर्सिङ लाइसेन्सले डिग्री हासिल गर्न उत्साहित सायद नबनाउने रहेछ । जब कोहि आफ्नो काममै ब्यस्त हुन्छ र उ आफ्नो जागिर बाट सन्तुष्ट हुने नर्सहरु प्राय उच्च शिक्षा को बाटो रोज्दैनन ।
नर्सिङ उच्च शिक्षाको बाटो रोज्नेहरु प्राय सरकारी जागिर, अध्ययन बिदाको सदुपयोग र आफ्नो पोस्ट बड्ने उदेश्यले पढ्दछ्न भने, कोहि प्राइभेट हस्पिटलमा कम स्यालरिमा काम गर्नेहरु र नयाँ अबसरको खोजी गर्नको लागि पड्दछन । तर पनि नेपाल सरकारले नर्सहरुको ब्यबस्थापन उचित ढंगले गर्न नसक्दा, ब्याच्लर, मास्टर्स सकेका नर्सहरु माथी पनि निरासा नै थपिएको छ । नर्सहरुलाई उच्च नर्सिङ शिक्षाको लागि खासै प्रोत्साहन दिएको पाइदैन ।

उच्च नर्सिङ शिक्षा हासिल गरेका नर्सहरुको समेत तह निर्धारण गर्न नसक्दा, जब डिस्कृब्सन क्लियर नदिने, र समान स्टाफ नर्सकै तलब सुबिधामा काम गर्नुपर्ने, लोक सेवाले समेत नर्सिङ अधिकृतको बिज्ञापन खासै  नखुलाइदिने हुँदा, उच्च शिक्षा हासिल गरेका नर्सहरु आफ्नो पेशाप्रती निरुत्साहित देखिन्छ्न ।

डिप्लोमा देखि ब्याच्लर सम्म अध्ययन गर्न एउटा नर्सले १०÷१५ लाख रुपैयाँ कम्तिमा लगानी गरेकी हुन्छिन, त्यो भन्दा नि महत्वपूर्ण उस्ले आफ्नो जिन्दगीको ७/८बर्ष खर्च गरेकी हुन्छिन, यतिका त्याग पस्चात पनि नर्सले आफ्नो योग्यता क्षमता अनुसारको जागिर ससम्मान रूपमा नपाउनु निकै नै दुर्भाग्य को कुरा हो ।

निकै दुख का साथ भन्नूपर्छ एउटा नर्सले ब्याच्लर लेबल पढ्न सुरु गर्न कै लागि कम्तिमा चार बर्ष कुर्नु पर्छ ,जब अरु बिषय पढ्नेहरु ब्याच्लर सक्ने बेलासम्म नि धेरै नर्सहरु पढाई सुरु गर्ने सुर पनि गरेका हुन्नन, कारण नर्स हरु जागिर मै ब्यस्त हुनु, माथिल्लो तहमा जागिरको अबसर नदेख्नु, धेरै नर्सहरु त बिबाह बन्धनमा बाधिएरर घरजम गर्नमै ब्यस्थ हुनु र ब्याच्लर पढ्नलाई, १ बर्ष एक्स्पिरियन्सको लेटर अनिबार्य हुनु र जागिर खोज्दै अर्को बर्ष लागि हाल्ने । 
कहिलेकाहीँ लाग्छ छोरी मान्छेले नर्स पढ्नु भनेको नै अबिभाबकलाई छोरिको बिबाह गराइदिन सहज बताबारण बनाइदिनको लागी जस्तो, छोरी नर्स बनाएका अभिभावक जो चाहाना,छोरिलाई सुहाउने केटो खोजेर कन्यादान गर्दिनै हतार हुन्छ नहोस पनि किन उहाँहरुको नजरमा छोरीको पढाइ सकेको र आफ्नो खुट्टामा उभिन सक्ने बनाइदिएको जो हुन्छ । 
नेपालमा सायद  एउटा बिषय मात्र हो जहाँ ब्याच्लर पढ्न पनि जागिर गरेको एक्स्पिरयन्स हुनु पर्दछ । सन्सारमा हरेक दिन नया नया आबिस्कार हुन्छन,अनेकन परिबर्तन हुन्छन तर नर्सिङ पढ्ने र पढाउने परिपाटी कहिले परिबर्तन हुदैन, यहाँ एउटा करिकुलम समेत समय सापेक्ष परिबर्तन गर्न एउटा जुग कुर्नु पर्छ ?
केहिदिन अगाडीको को कुरा हो, एउटा ठुलै कलेजमा लामो समय देखि मेनेजर पोस्टमा काम गर्ने दिदीले, मैले जागिर छोडेर नर्सिङ इन ब्याच्लर जोइन गरेको भनेर जानकारी गराउदा, तिमी त नर्स नै हौनि पिसियल गरे नि, ब्याच्लर गरेनी, गर्ने काम नर्स कै हो, डाक्टर हुने होइन किन पढेको बरु पढ्नै मन लागे अरु नै बिसयमा स्नातक गरेको भए हुने नि भन्ने सल्लाहले मन साह्रै खिन्न बनाएको थियो । 
जबाफ त मलाइ पनि मुखभरी को दिन मन थियो कि,उसो भए प्लस टुमा एजुकेसन लिएर पढेको विद्यार्थीले किन स्नातक, स्नातकोत्तर,पिएचडि सम्म पढाइ पूरा गर्छन अखिर उनीहरु पनि हुने त शिक्षक नै हुन, डाक्टरहरु किन एमडि, पिएचडि गर्छ्न,उनीहरु पनि अखिर डाक्टर नै हुन, तर त्यस्तो केही बोलिन, मात्र बहिरी आँखाले नर्सिङ पेशालाई हेर्ने मनोदृश्य हेरे मनन गरे अनि सोचेर जबाफ दिए, नर्स भनेको पनि एउटा छुट्टै पेशा हो बिज्ञान  हो, मात्र बिरामीको नजिक गएर बिपि चेक गर्ने र औसधि  दिने, सेतो ड्रेस लगायर एता उता  दौडने मात्र नर्स होइन, नर्स को पनि तह हुन्छ, फिल्ड हुन्छ,नर्स  पनि इन्चार्ज हुन्छिन, शिक्षक हुन्छ्न, बिज्ञ हुन्छिन,उच्च शिक्षा र अनुभवको अधारमा नर्स पनि माथी चड्दै जान्छिन, नर्स को पनि रिसर्च हुन्छ, स्वस्थ क्षत्रको हरेक तहमा नर्स हुन्छ्न । 
त्यसैले जति पढ्यो त्यति धेरै ज्ञान, अनुभव, सीप र अबसर प्राप्त गर्न सकिन्छ । यति कुरा भन्न मा धेरै सजिलो थ्यो तर वास्तविक नर्स हरु ले यस्तो अनुभव कमैले गर्न पाउछन।जब सम्म नर्स र नर्स सम्बन्धित मुद्दा  हरु प्राथमिकता का साथ सुन्वाइ हुदैन, नर्स का गुनासा र समस्याहरुलाई समधान गरिदैन, एक नर्सले अर्को नर्सको मनोभाबना बुज्दैन, सम्मान गर्दैनन् तबसम्म नर्सिङ पेसा डाक्टरको सहयोगीको उपनाम बाट माथी उक्लिन सक्दैन,जबसम्म नर्सहरु एकजुट भएर एउटै आवाजमा आफ्नो अधिकारका लागि बोल्दैनन तबसम्म यो पेसा सबैबाट हेपिएको पेशा नै रहन्छ ।

- सल्मा बेगम
बिएनएस विद्यार्थी 
बिरगंज नर्सिङ क्याम्पस