नेकपा नुवाकोटको १ सय ६० जना जिल्ला सदस्यमा १ सय ३४ जना प्रचण्ड–माधव समुहमा

नुवाकोट न्यूज
२०७७ पौष १२, आईतबार

आइतवार बट्टारमा भएको नेकपा नुवाकोटको जिल्ला भेलामा २६ जना बाहेकका सबै जिल्ला कमिटि सदस्यहरू सहभागि भएका छन् । नुवाकोट नेकपाको १ सय ६० जना जिल्ला सदस्यमा १ सय ३४ जना आइतवार सहभागि भएर प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध गरेका छन् ।
२६ जना ओली पक्षका देखिएकोले भेलामा सहभागि नभएको नेकपा नुवाकोटका एक नेताले बताए । नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले दिएको जानकारी अनुसार नुवाकोटको सबै स्थानीय तहमा पुस १६ गते कार्यक्रम र कार्यकर्ता भेलाको आयोजना गरिएको छ । त्यसको नेतृत्व र ब्यवस्थापनका लागि नेकपा बाग्मती प्रदेशका १२ जना सदस्यहरूलाई तोकिएको छ ।
यस्तै, नुवाकोट जिल्लामा नेकपाबाट निर्वाचित वडा अध्यक्षहरूमा ३५ जनाभन्दा बढीले आइतवारको जिल्ला भेला कार्यक्रममा सहभागिता जनाएका छन् ।
८८ वटा वडा रहेको नुवाकोटमा ५१ वटा वडामा नेकपाले अध्यक्ष जितेको छ । प्रधानमन्त्री ओली पक्षमा बढिमा १५ जना वडा अध्यक्षहरू रहेको अनुमान गरिएको छ ।
