नुवाकोट सेवा समाज यूएइद्धारा रकम सहयोग

नुवाकोट न्यूज
२०७७ पौष १४, मंगलबार

नुवाकोट सेवा समाज दुबही यूएईले रकम सहयोग सहयोग गरेको छ । समाजले यूएईमा रहेका नुवाकोटका नागरिकहरुबाट संकलन गरेको रकम अविभावक गुमाएका टुहुरा बालबच्चा र बैदेशिक रोजगारबाट फर्किएर उपचार गराईरहेको पिडित परिवारलाई रकम सहयोग गरेको हो ।
नुवाकोट सेवा समाज यूएइका संस्थापक सचिव सचेत तामाङका अनुशार यूएईमा रहेका नुवाकोटका नागरिकहरुले गरेको सहयोगबाट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ भंगेरीका अविभावक गुमाएका बालबालिका र शिवपुरी गाँउपालिकाको वडा नम्बर ८ घर भई हाल भारतमा उपचाररत मधुसुदन डंगोलको परिवारलाई रकम सहयोग गरेको हो ।
शिबपुरीका डंगोल बैदेशिक रोजगारबाट फर्किएपछि मुटुमा आएको समस्याका कारण हाल भारतमा उपचार गराईरहेको उहााका दाजु बिक्रम सिंह डंगोलले जानकारी दिनुभएको छ । समाजका संस्थापक सचिव सचेत तामाङ र नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा संकलन भएको रकम हस्तान्तरण गर्नुभएको छ ।

दिनदुखीको सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्थापना भएको नुवाकोट सेवा समाज यूएईले बैदेशिक रोजगारका अलपत्र परेका र दुखकष्ट भोग्दै आएकाहरुलाई सहयोग गर्ने उद्देश्य रहेको छ ।
आगामी दिनमा पनि अविभावक गुमाएका, बाबुआमा नभएका, गरिव, अलपत्र परेका नागरिकहरुको लागी सदैव सहयोगको लागी पहल जारी रहने रकम हस्तान्तरणका लागी सहजीकरण गर्नुभएका समाजसेवी एवं नुवाकोटमा रगतको अभाव पुर्ति गर्दे आउनुभएका युवा मछिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।
समाजसेवी प्याकुरेलकै नेतृत्व र रेडक्रस नुवाकोटको सहकार्यमा जिल्ला अस्पताल त्रिशुलीमा रगत अभाव हुन नदिनका लागी बर्षौदेखी दाताहरुको खोजी गर्दै सयौ बिरामीहरुको ज्यान जोखिमबाट उद्धार गरिएको छ ।