ईतिहासका गढी र किल्लाहरूको संरक्षणको लागी ‘एकीकरण पदमार्ग’ को निरन्तरता 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ पौष २०, सोमबार

एकीकरण पदमार्ग, जबरजंग गण, उदय बहादुर लामिछाने, नेपाल एकीकरण

फाईल फोटो

पुराना ईतिहासका गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नुवाकोटमा रहेको नेपाली सेनाको जबरजंग गणले ‘एकीकरण पदमार्ग’ लाई निरन्तरता दिने भएको छ । 
नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजा रजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको बिषयलाई प्रचार प्रसारको लागी एकिकरण टर्च ¥यालिले निरन्तरता पाउने जनाएको हो । 
जबरजंग गणका गणपति उदय बहादुर लामिछानेले गत वर्षदेखि सुरु गरिएको एकीकरण पदमार्ग अभियानलाई निरन्तरता दिने अगाडी बढाएको बताउनुभएको छ । पृथ्वीनारायण शाहले गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गरेको मार्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित गराउन तामझामका साथ मनाउनु पर्ने गणपति लामिछानेले जानकारी दिनुभएको छ । 
उहाँका अनुसार एकीकरण पदमार्ग पुष २० गते गोरखा दरबारबाट सुरुभई हुने दीपज्योती धादिङको बोर्लाङघाटमा देबिदत्त गणलाई हस्तान्तरण गरिने छ । गणपति एकीकरण पदमार्ग धादिङको टोलीले सल्यानटार,चरंगे, कटुञ्जे हुँदै पुष २३ गते नुवाकोट र धादिङको सीमामा जबर जंग गणलाई हस्तान्तरण गर्ने छ भने जबरजंग गणले सामरी, कागुने, डेउडी, कल्याणपुर, बाघटार, खिञ्चेत हुँदै शुभघाटमा रात्री बिश्राम गरेपछि पौष २४ गते गेर्खुटार, क्यौरिनी चौतारा, नुवाकोट दरबार, धरमपानी, शेराफाँट हुँदै चतुराले पुग्ने छ । पुष २६ गते जबर जंग गणका सेनाको टोलीले चतुरालेबाट रानिपौवा हुँदै नुवाकोट र काठमाडौंको सीमामा काठमाडौंको शमशेरदल गणलाई दीपज्योती हस्तान्तरण गर्ने र शमशेरदल गणले पदयात्रा सहित हनुमानढोकामा दीपज्योती दिएपछि एकीकरण पदयात्राको समापन हुने जनाईएको छ ।