सामुहिक कुलपुजाको लागी महारुद्र गैडु महादेवको मन्दिर निर्माण गर्दै खनालहरु

Uttargaya Media Pvt. Ltd

२०७७ पौष २०, सोमबार

महारुद्र गैडु महादेव,खनाल बन्धु, तादी गाँउपालिका, कुलपुजा, मन्दिर

तादी गाँउपालिकाको वडा नम्बर ६ जगरबोटका खनाल बन्धुहरुले मन्दिर निर्माण कार्य अगाडी बढाएका छन् । स्याङ्जाबाट नुवाकोटको कविलास आई नर्जामा बसोबास गरिरहेका खनालहरुले आईतबार कुलपुजाको अबशर पारेर महारुद्र गैडु महादेव भगवान स्थापनाका लागी मन्दिर निर्माण कार्य अगाडी बडाएका हुन । 
खनाल बन्धुहरुको पुर्खा बैजुनाथ स्याङ्जाबाट नुवाकोट आई बसोबास गरेको स्थान नर्जाको जगरबोटको कोहलडाडामा मन्दिर निर्माणको लागी शिलान्यास गरिएको छ । यसैबर्ष निर्माण सम्पन्न गर्नेगरी निर्माण गर्न लागिएको मन्दिरको लागी खनालबन्धुहरुले आफुखुसी सक्दो आर्थिक सहयोग गरेका छन् ।  
 

महारुद्र गैडु महादेव,खनाल बन्धु, तादी गाँउपालिका, कुलपुजा, मन्दिर

आगामी बर्षहरुमा एकैस्थानमा कुलपुजा गर्नको लागी उक्त स्थानबाट बसाईसरी शिबपुरी गाँउपालिकाको भट्टार, लिखु गाँउपालिकाको थानसिङ, काठमाडौ लगायत अन्यत्र स्थानमा जानुभएका खनालबन्धुहरुलाई पनि उक्त स्थानमा भेला हुनको लागी अनुरोध समेत गरिएको छ । खनालहरुको कुलदेवता महारुद्र गैडु महादेवको मन्दिर निर्माणका साथै आगामी बर्षहरुमा गरिने विभिन्न कार्यहरुको लागी समितिहरु समेत गठन गरिएको रामशरण खनालले जानकारी दिनुभएको छ ।  
स्याङ्जाबाट नुवाकोटको कविलास आई बसेका खनालबन्धुहरुसंग पृथ्वीनारायण शाह संगको किंवदन्तीहरु जोडिएको बयोबृद्ध कुलप्रसाद खनालले जानकारी दिनुभएको छ । एकैस्थानमा भेला भएर गरिने धार्मिक क्रियाकलापहरुले आपशी समझदारी, भाईचाराको सम्बन्धका साथै सुदृढ समाज निर्माणको लागी सहज हुने बिश्वास लिईएको छ । 
 

महारुद्र गैडु महादेव,खनाल बन्धु, तादी गाँउपालिका, कुलपुजा, मन्दिर महारुद्र गैडु महादेव,खनाल बन्धु, तादी गाँउपालिका, कुलपुजा, मन्दिर