पर्याप्त पानी नहुँदा विद्युत उत्पादन घट्न थाल्यो 

प्रभास खनाल
प्रभास खनाल

२०७७ पौष २३, विहिबार

विद्युत उत्पादन, त्रिशुली जलबिद्युत केन्द्र, देबिघाट जलबिद्यूत केन्द्र, जलबिद्युत केन्द्र

फाईल फोटो

नुवाकोटमा अबस्थित जलबिद्युत केन्द्रहरुद्धारा उत्पादन हुँदै आएको विद्युतमा गिरावट आएको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । २१ मेगावाट क्षमताको त्रिशुली जलबिद्युत केन्द्रमा ११ मेगावाट विद्युत् उत्पादन घटेको छ भने देबिघाट जलबिद्यूत केन्द्रमा पनी ४ मेगावाट बिद्युत उत्पादन घटेको छ । 
आयोजनाका लागि चाहिने पर्याप्त पानी त्रिशुली नदीमा नहुँदा उत्पादन घटेको हो । पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै घट्ने क्रममै रहेको केन्द्रले जनाएको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । 
यस्तै, रसुवा जिल्लामा सञ्चालित बिद्युत आयोजनाहरुमा समेत उत्पादन घटेको छ । त्रिशुली नदी करिडोरमा रहेका सबै जलबिद्युत केन्द्रहरुमा पानीको मात्रा घटेका कारण बिद्युत उत्पादनमा गिरावट आएको आयोजनाहरुले जनाएका छन् ।