महिलाहरुको क्षमता अभिवृद्धिको लागी कपाल काट्ने तालिम दिदै तारकेस्वर गापा

अनिता ढुङ्गाना
अनिता ढुङ्गाना

२०७७ माघ १, विहिबार

तारकेस्वर गाँउपालिका, महिलाहरुको क्षमता अभिवृद्धि, क्षमता अभिवृद्धि, तारादेवी रिमाल

तारकेस्वर गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी नयाँ योजनाहरुका साथै तालिमहरु सञ्चालन गर्दे आएको छ । गाँउपालिकाले सिलाई कटाई, ढाका, लप्सी क्याण्डीको अचार बनाउनेलगायतका तालिमहरु सञ्चालन गरिसकेको छ भने आगामी दिनमा नयाँ योजनाका साथ महिलाहरुलाई कपाल काट्ने तालिम दिने योजना रहेको उपाध्यक्ष तारादेवी रिमालले जानकारी दिनुभएको छ । बिशेषगरी तराईमुलका नागरिक, त्यसमा पनि पुरुषहरुलेनै गर्दै आएको काममा तारकेस्वरका महिला दिदिबैनीहरुलाई पनि सक्षम बनाई आत्मनिर्भर बनाउनको लागी नयाँ योजना ल्याएको उपाध्यक्ष रिमालले बताउनुभएको छ ।

केहि दिनमानै गाँउपालिकाकाको सबै वडाहरुको पायकपर्ने स्थानमा तालिम सञ्चालन गरी महिलाहरुलाई सक्षम बनाउने उहाँले बताउनुभएको छ । सबै वडाका महिलाहरुलाई उक्त तालिम लिनको लागी पनि उहाँले आग्रह गर्नुभएको छ ।

यसअघि साना घरेलु उद्योग सञ्चालनका लागी लप्सी क्याण्डी तालिम, ढाका उद्योग सञ्चालनका लागी ३ महिने ढाका तालिमकासाथै सिलाईकटाईका तालिम सञ्चालन गरिसकेको उपाध्यक्ष रिमालले बताउनुभएको छ । साथै तारकेस्वरका सबै वडामा महिलाहरुको लागी छुट्टै सामुदायिक महिला भवनको समेत निर्माण सम्पन्न भैसकेको उहाँले बताउनुभएको छ । भवन निर्माण पश्चात महिलाहरुका लागी सञ्चालन गरिने विभिन्न गतिबिधीहरु भवनबाटै हुने गरेको छ । जसका कारण महिलाहरुमा यत्साह छाएको छ ।

आफ्नो जागिरे जिवन तारकेस्वर गाँउपालिकामानै बितेकोे र त्यहाँकै नागरिकहरुको माया र साथले जनप्रतिनिधी चुनिएकोले तारकेस्वरको विकास निर्माण, नागरिकहरुको क्षमता अभिबृद्धि, आत्मनिर्भर बनाउने कार्यका साथै सदैव उहाँहरुको पक्षमा काम गरिरहने उपाध्यक्ष रिमालले प्रतिबद्धता जनाउनुभएको छ ।