छैटो राष्ट्रिय योग दिवसमा नुवाकोटमा रक्तदान कार्यक्रम

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ माघ १, विहिबार

रक्तदान कार्यक्रम, योग, योग दिवस

छैटो राष्ट्रिय योग दिवसको उपलक्ष्यमा नुवाकोटमा रक्तदान कार्यक्रम गरिएको छ । गरौ योग, रहौ निरोग । योग गरौ डटेर, कोरोना जान्छ हटेर भन्ने नारा सहितको छैटौ योग दिवसमा पतञ्जली योग समिति नुवाकोटले रक्तदान कार्यक्रम गरेको योग प्रशिक्षक मेनुका श्रेष्ठले जानकारी दिनुभएको छ ।  
मानब जिवनमा जुनसुकै समयमा पनि अभाव हुनसक्ने र अभावलाई थोरैमात्रामा भएपनि पुर्ति गर्नको लागी त्रिशुली अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम गरिएको योग प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभएको छ । 
जिवन स्वस्थ्व राख्नको लागी योगलाई निरन्तरता दिनको लागी पनि कार्यक्रममा आग्रह गरिएको छ । रक्तदान कार्यक्रममा १० जनाभन्दा बढि दाताले रक्तदान गरेको थिए ।  संकलन भएको रगत जिल्ला अस्पताल त्रिशुलीको ल्यावमा रहने छ ।   
 

रक्तदान कार्यक्रम, योग, योग दिवस