मेरा बा बूढो भएछन
Uttargaya Media Pvt. Ltd
२०७७ माघ ३, शनिबार

-शुसिला भट्ट
किस्पाङ-२ फिकुरी, नुवाकोट
गालाका रगतहरु सुकिसकेछन
शिरका केशहरु फुलिसकेछन।।
हिजो म उभिन आड बनेका ती हातहरु
आज उनैको आडको लागि लौरो खोज्दैछन
बा बुढो भएछन्
बा भन्दा म अग्लो बन्न म बस्ने ती काधहरु कुप्रिएछन
हिजो मलाइ काधमा राखेर आकाशमा हेर्दै
स्वर्गीय आनन्द लिने मेरा बा
आज धर्तिमा ती ज्योती हराएका आँखा घुमाउदैछन
बा बूढो भएछन
अतितमा जोसले धपक्क बलेको
त्यो चहकिलो अनुहारमा
आज ग्लानी र गरिवका रेखाहरु कोरिएछन
हिजो हिमालको हिउँ, पहाडको आरो र तराईको घाम खेपेको त्यो ज्यान
आज शौचालय सम्म पुग्दा पनि काम्ने भएछन
बा बूढो भएछन
दुख लुकाउदै अट्टाहास हास्ने मेरा बाको
हिमालजस्तै चम्किला ती दातहरु झरेछन
हिजो चोट्मा रुन हैन मन बुझाउन सिकाउने मेरा बा
आज छोरो नबोलेकै निउमा रुने भएछ्न
बा बूढो भएछन
बा म तिमिलाइ फेरि जवान हुनु भन्न आएकी हैन
बिगतका ती घटना कहन आएकी हैन
तिम्रो छातिका असीमित चोटहरु उखेल्न आएकी हैन
तिम्रो बुढेसकालका रहर मेट्न पनि आएकि हैन
मत तिमिलेनै दिएको सस्कार
र तिमिलेनै थमाइदिएको पराइको जगत सिङ्गार्दै छु बा ।।
न त म तिम्रो रहर बुझ्न् सक्छु
न त म मेरो पीडा सुनाउन सक्छु।।
सक्दिन बा ।।।
सक्छु त केवल तिम्रो लागि यी शिर झुकाउन सक्छु
म त तिम्रो खवर बुझ्न आएकी थिए
हो बा म त तिम्रो खवर बुझ्न् आएकी थिए
तिमी त बूढो भएछौ मेरा बा तिमी त बूढो भएछौ....!!!