कतारमा आदिवासी जनजाति वनभोज सम्पन्न 

मणि लामा
मणि लामा

२०७५ चैत्र ३, आईतबार

जनजाति वनभोज

दोहा÷कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको मुख्य आयोजनामा आदिवासी जनजाति चाड्पर्व शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । सन् २००६ मा स्थापना भएको आदिवासी जनजाति  महासंघ कतारमा आबद्ध रहेको (किरात याक्थुङ कतार, तमु (गुरुङ) समाज कतार, किरात राई यायोक्खा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, थारु कल्याणकारि सभा कतार च्याप्टर, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुचः कतार, नेपाली धानुक समाज कतार, शेर्पा किदुग दोहा कतार,माझी सेवा समाज कतार, नेपाल दराई  प्रवासी समाज कतार, लगायत का मातृ संस्था का प्रमुख तथा प्रतिनिधि हरुले आ(आफ्नो समुदाय को विभिन्न चाड्पर्व हरुको जानकारी सहित शुभकामना आदानप्रदान गरेका थिए ।
 

जनजाति वनभोज

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार का अध्यक्ष शिवकुमार भुजेलको सभापतित्वमा भएको कार्यक्रममा महासंघ कतारकै प्रमुख सल्लाहकार देवराज राईको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापति भुजेलले कार्यक्रम लाई सम्बोधन गर्दै, नेपाली  प्रवासी आदिवासी जनजाति हरु एकै ठाँउमा भेला भइ आफ्नो चाड्पर्वको शुभकामना आदानप्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै बर्से्नि रूपमा कार्यक्रम लाई निरन्तरता दिने बताउनुभएको छ । उक्त कार्यक्रम मा “डोरि तान्ने खेल, घैटो फुटाउने खेल लगायत स्थानीय कलाकार हरुले जनजाति हरुको मौलिकता झल्किने नृत्य मार्फत उपस्थित नेपाली दर्शक लाई भरपुर मनोरञ्जन दिएका थिए ।