प्रेस संगठन नुवाकोटको ऐतिहासिक भेला, ओली गुटतर्फ भर्ती भएकालाई एकपटक सोच्न आग्रह

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ माघ २४, शनिबार

प्रेस संगठन, प्रेस संगठन नुवाकोट, ओली गुट


नेकपा नुवाकोटका अध्यक्ष एवं वागमती प्रदेशका प्रदेश सभा हिरानाथ खतिवडाले केपी ओलीको निजी स्वार्थको लागी संबिधानमाथीनै कु गरेर चालेको प्रतिगामि कदमले मुलुक मुठभेड तर्फ लम्किएको बताउनुभएको छ । । 
प्रेस संगठन नुवाकोटको एतिहासिक भेलालाई सम्बोधन गर्दै उहाँले प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गर्ने र निजि स्वार्थ बिचको मुठभेड हुने बताउनुभएको छ ।  
उहाँले केपि ओलीले निरङकुस हर्कत गर्दै आफ्नो सत्ता टिकाउन तर्फ लागेको बताउनुभएको छ । संसदमा दुईतिहाई प्राप्त आफ्नै दलबाट अबिस्वासको प्रस्ताब मार्फत आफ्नो पद गुम्ने भएपछी संसदनै बिघटनमा लगेका ओलीको निजि स्वार्थको लडाई केहि दिनमानै समाप्त हुने अध्यक्ष खतिवडाले बताउनुभएको छ । 
राष्ट्रिय स्वाधिनता भन्दामाथी आफ्नो ब्यक्तिगत स्वार्थको लागी राणा सासन शैलीमा केपि ओली संबिधान भन्दा माथी पुगेकाले केहि दिनमानै ओली सिद्धिने उहाँले बताउनुभएको छ ।
प्रेस संगठनको जिल्ला भेलामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनालले महासंघको केन्द्रिबाटनै प्रतिगमनको बिरोध भैरहेको बताउदै संसद बिघटन, संबैधानिक आयोगको नियुक्तिहरु संबिधानको मर्म र भाबना बिपरित रहेको बताउनुभएको छ । 

यस्तै, भेलामा सहभागी भएकाहरुले केपि वलीको असंबैधानिक कार्य प्रति जुटेर आन्दोलनमा उत्रिनु पर्ने बताएका छन् । नागरिक समाजको रुपमा रहेको अग्रणि संस्था पत्रकार महासंघले सडक र कलम दुबैबाट प्रधानमन्त्रीको असंबैधानिक कार्यप्रति बिरोध गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न तर्फ लाग्नु पर्ने बताएका छन् ।
कार्यक्रममा संगठनका जिल्ला संयोजक भोलाराज पौडेलले नुवाकोटमा संगठनमा रहेका १÷२ जना पत्रकारहरु केहि अयोग्य पद र आर्थिक लालचामा ओली गुटतर्फ नजिकिएकाले सोच बिचार गरेरमात्र अगाडी बढ्न सुझाव दिनुभएको छ । साथै उहाँले ओली गुटतर्फ भर्ती भई प्रदेस सह ईञ्चार्ज  नामक पद पाएका एकजना पत्रकारलाई कारबाहिको लागी सिफारिस गर्ने बताउनुभएको छ । यसअघि संगठनमा आबद्ध रहेका २ जना बाहेक अन्य पत्रकारहरु प्रचण्ड माधव समुहमा आबद्ध रहेका छन् ।