ककनीमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम
प्रभा ढुङ्गाना
२०७७ फाल्गुन ४, मंगलबार

सामुदायिक प्रहरी साझेदारी र महिला तथा बालबालिका विभाग ककनीको आयोजनामा विद्यालयस्तरका बालबालिकालाई लागू औसध दुव्र्यसनी, बालबिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
ककनी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको भवानी माविमा भएको कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष सीता लामा खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला विभागका प्रतिनिधिहरु, कर्मचारीहरु प्रहरीहरु, विभिन्न विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लागू औसध र यसको प्रयोग बाट हुने असर, कारण र देखिने लक्षणहरु बारेमा प्रहरीले प्रशिक्षण दिएको छ ।
यस्तै, सामुदायिक प्रहरी साँझेदारी कार्यक्रममा बालबिवाह र त्यस सम्बन्धि संबिधानले ब्यबस्था गरेको ऐन नियम तथा कानुनहरुको बिषयमा जानकारी गराईएको छ ।
