कोभिड १९ को मुल्याङ्कन : त्रिशुलीकी जस्मिन बानु एसियाकै उत्कृष्ट

नुवाकोट न्यूज
२०७७ चैत्र १०, मंगलबार

बिश्व महिला नेतृत्व कँग्रेस २०२१ को आठौ संस्करणबाट नुवाकोटकी जस्मिन बानु उत्कृष्ट हुनुभएको छ । कोभिड १९को महामारीको लकडाउनको समयमा गरेको कार्यको मुल्याङ्कन र सानै उमेरमा प्रमुख कार्यकारी अधिकृत हुन सफल भएका कारण बानु उत्कृष्ट हुनुभएको हो ।
उहाँ २६ बर्षकै उमेरमा प्रमुख कार्यकारी अधिकृत हुन सफल हुनुभएको थियो । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुली घर भएका बानुलाई भारतको मुम्बइमा आयोजित कार्यक्रममा बिश्व स्वास्थ्य संगठनले उत्कृष्ट घोषणा गरी सम्मान गरेको थियो ।

एसियाली मुलुकको देशहरुबाट १ सय ५० जना सहभागी भएकोमा नेपालबाट नुवाकोटको जस्मिन बानु छनौटमा पर्नुभएको थियो । त्रिशुलीको मुस्लिम समुदायकी बानुले कोभिड १९ को महामारीको समयमा दिनदुखीहरुको लागी खाना र बासको व्यबस्थाका साथै स्वास्थ्य क्षेत्रमा देखाएको पहलकदमी रुपी क्षमताका कारण एसियामै उत्कृष्ट हुन सफल भएकोमा खुसी छाएको छ । उहाँका हजुरबा अब्दुल करीमका अनुशार नातिनीमा सानै उमेर देखी दिनदुःखीहरुको सेवा, अध्ययनमा रुचि, स्वास्थ्य क्षेत्र र निर्माण कार्यमा काम गरी दिनदुखीहरुको सेवामा रमाउने उद्धेश्य थियो ।

नातिनिले सानै उमेरदेखी राखेको उद्धेश्य पुरा भएको छ । दिनदुखीको सेवा गरेर मेरो नातिनी कहिल्यै नथाक्नेमा आफु विश्वस्त रहेको बताउँदै नातिनीले पाएको उत्कृष्टतामा नुवाकोटबासीको मात्र नभएर देशकै गौरवको रुपमा रहेको उहाँ बताउनुहुन्छ ।
आगामी दिनहरुमा पनि समाजमा आईपर्ने हरेक कार्यमा आफु अग्रभागमा नै रहेर कार्य गर्ने बानुको उद्धेश्य रहेको छ ।
लकडाउनको समयमा समस्यामा परेकाहरुलाई खाना खुवाउनुका साथै उपयुक्त बासको प्रबन्धको लागी जस्मिन बानुको उल्लेख्य भुमिका रहेको थियो ।
