पुस २७ लाई दिवसको रुपमा मनाउन राष्ट्रिय शक्ति नेपालको माग  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २०, मंगलबार

राप्रपा,  पुस २७, पृथ्वी जयन्ती, पृथ्वीनारायण शाह

राष्ट्रिय शक्ति नेपालले पुस २७ गते नेपाल दिवसको रुपमा मनाउन माग गरेको छ ।
पृथ्वीनारायण शाहको जन्म जयन्तीको अबशर पारेर राप्रपाले  उक्त दिन नेपाल दिवसको रुपमा मनाउन माग गरेको हो । सरकारको बुद्धि बिबेक ज्ञानले भरियोस, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा गरियोस भन्दै केन्द्रिय निर्देशन अनुसार राष्ट्रिय शक्ति नेपाल नुवाकोटले नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय एकता दिबसको अबसरमा सार्बजानिक बिदा दिनुपर्ने भन्दै राप्रपा कार्यकर्ता तथा नेताहरुले नुवाकोटका प्रमुख जिल्ला अधिाकरी जिबनप्रसाद दुलाल मार्फत ध्यानाकर्षण गराएको राष्ट्रिय शक्ति नेपालका नुवाकोट जिल्ला अध्यक्ष रामकृष्ण भट्टले जानकारी दिनुभएको छ । 
राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत एकै पटक सरकारको ध्यानाकर्षण गराएको हो । 

राप्रपा,  पुस २७, पृथ्वी जयन्ती, पृथ्वीनारायण शाह

राष्ट्रिय शक्ति नेपालले पुस २५ गतेसम्ममा देशको ७० वटा जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत मंगलबार नुवाकोट जिल्लाकार्यसमितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष भट्टले जानकारी दिनुभएको छ । साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ ।

पृथ्वी जयन्तीको अवसरमो यही पुस २७ गतेदेखि राष्ट्रिय एकता दिबस मनाउने घोषणा समेत गरेको छ । बिदेशमा विशिष्ट महत्वको दिनको रुपमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग समेत गरेको छ । 

राप्रपा,  पुस २७, पृथ्वी जयन्ती, पृथ्वीनारायण शाह