एमाले नुवाकोट अधिवेसन : पाँच पदमा दर्जनौ आकाङ्क्षी  

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २२, विहिबार

  नेकपा एमाले, एमाले, नुवाकोट

नेकपा एमालेले पुस २३ गते (भोलि शुक्रबार) देशभर एकसाथ जिल्ला अधिवेशन गर्न लागेको छ । दशौँ महाधिवेशनपछि एमालेले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो । पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मङ्सिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय सङ्गठनको अधिवेशन गर्न लागेको हो । 
एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन सक्नुपर्ने उल्लेख थियो । सोही निर्देशन अनुसार जिल्ला अधिवेशन गर्न लागेको एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले बताउनुभएको छ । अधिवेशनको तयारी पूरा भइसकेकाले भोलि २३ गते ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ । 
एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको भए पनि नुवाकोट एमालेमा सर्वसम्मत हुने अवस्था देखिएको छैन । भोलि हुने नुवाकोटको सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १०५ जना जिल्ला कमिटी निर्वाचित गर्नेछ । निर्वाचित कमिटीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य व्यवस्था एमालेको विधानले गरेको छ । 
जिल्ला अधिवेशनले जिल्ला कमिटीमा पाँच पदाधिकारी चयन गर्ने भएपनि झण्डै दुई दर्जन आकाङ्क्षी देखिएका छन् । एमालेका नेता भन्नेहरू सर्वसम्मतभन्दा पनि आन्तरिक प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न सक्रिय छन् । नेतृत्वमा आकाङ्क्षी धेरै हँुदा नुवाकोट एमालेलाई पदाधिकारी सर्वसम्मत चयन गर्न सकस छ । जिल्ला अध्यक्षका लागि सर्वसम्मत भएमा अहिलेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा र प्रदेश कमिटी सदस्य एवम् वाम बुद्धिजीवी÷विश्लेषक रामशरण प्याकुरेल मध्ये एक हुने गरी नेताबीचको छलफल भइरहेको छ । उक्त प्रयास सफल नभएमा अहिले जिल्ला कमिटीमा रहेका उपाध्यक्ष बद्री मैनाली, सचिव बुद्धिबहादुर प्रधान, प्रदेश कमिटी सदस्य ठाकुरप्रसाद गजुरेल, बासुदेव कँडुवाल आकाङ्क्षी देखिएका छन् । 
उपाध्यक्षमा पूर्णलाल श्रेष्ठ, गणेश श्रेष्ठ, जितेन्द्र विष्ट, गीताकुमारी दाहाल, अजितमान तामाङ, सावित्री प्याकुरेल, बच्चुमाया सुनारी मगर, प्रदेश सांसद आशामाया तामाङ, विदुर नवा वडा नं. ५ का अध्यक्ष शिव चित्रकार आकाङ्क्षी देखिएका छन् । 
सचिवमा हाल जिल्ला कमिटीका उपसचिव विष्णु लोहनी, गत छैटौँ जिल्ला अधिवेशनमा पराजित बेलकोटगढी नगरपालिकाको मेयर राजेन्द्ररमण खनाल, नारायण घिमिरे, सुदर्शन नेपाल, काशीराज अधिकारी, ठाकुर पुडासैनी, हरि अधिकारी, सम्मरबहादुर आलेमगर, अरुण श्रेष्ठ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित आकाङ्क्षी देखिएका छन् । 
दुई उपसचिवका लागि शरण उत्सुक सापकोटा, रमेश न्यौपाने, बलराम आचार्य, मनोज उप्रेती, राजेन्द्रप्रकाश पाण्डे, रोजिना राई, निर्मला अधिकारी, वीरबल तामाङ, तारादेवी रिमाल, मंगलमाया प्रजापती, सुमनराज पाठक, काजीमान डङ्गोल, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती आकाङ्क्षी रहेका छन् । 
अधिवेशनले अनुभवी र जिल्ला कमिटीमा रहेर दुई कार्यकालभन्दा बढी काम गरिसकेकालाई पदाधिकारीमा ल्याउनुपर्ने धारणा अधिकांश युवा प्रतिनिधिको छ । 
२०७१ फागुनमा छैटौँ अधिवेशन गरेको नुवाकोट एमालेले सात वर्षपछि अधिवेशन गर्न लागेको हो । एमालेको राजनीतिक र साङ्गठनिक जीवनमा धेरै नै उतार–चढाव भोगेर आजको यो अवस्थामा आइपुगेको छ । एमालेको आन्तरिक जीवनमा विगत केही समययता असामान्य स्थिति सिर्जना भएको छ । 
पार्टीभित्र उत्पन्न समस्या, कटुता र अस्वस्थ्यताका कारण पार्टीले राजकीय भूमिका र सङ्गठनात्मक क्षेत्र दुवैमा ठूलो क्षति व्यहोर्नुपरेको छ । पार्टीभित्र लामो समयदेखि जारी समस्यालाई समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन यसबीचमा अनेकौँ प्रयास भएपनि पार्टीको एकतालाई कायम राख्न र थप सुदृढ बनाएर विभाजित हुनबाट पार्टी जोगिन सकेन । 
बलियो, एकताबद्ध तथा सुदृढ एमाले पार्टीपङ्क्तिको मात्र होइन, राजनीतिक स्थायित्व, लोकतन्त्र र अग्रगमनका पक्षधर आमजनताको समेत  चाहना पूरा हन सकेन । लोकतन्त्रकाु आधारस्तम्भका रूपमा रहेको पार्टी यसरी विभाजित हँुदा कसरी यसको मूल्य सिङ्गो प्रणाली र राष्ट्रले नै चुकाउनु पर्छ भन्ने अनुभव सबैका अगाडि नै छन् । 
यो जिल्ला अधिवेशनको अगाडि जिल्लामा दशौँ महाधिवेशनका लागि आधार मानिएको सङ्गठित सदस्य सङ्ख्यालाई आधार मानेर पार्टी सदस्यता नवीकरणलगायत वडा तथा पालिकाबाट जिल्ला सङ्गठन कमिटीबाट तय गरिएको मापदण्डका आधारमा केही अपवादबाहेक जिल्लाका ८८ वटै वडाबाट प्रतिनिधि चयन गर्ने काम सम्पन्न भएको छ । 
यी सबै कामले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, सङ्गठनात्मक रूपमा चुस्त, भावनात्मक रूपमा एकताबद्ध तथा साझा लक्ष्यपति सङ्कल्पबद्ध बनाउने अपेक्षा गरिएको छ । 
पार्टीको भर्खरै सम्पन्न दशौँ महाधिवेशनले पार्टीलाई एकताबद्ध, सुदृढ, व्यापक जनआधारित बनाउने, आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने, राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमान अभिवृद्धि गर्ने, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकास एवम् राजनीतिक स्थायित्वको सम्बद्र्धन गर्ने, मौलिक सांस्कृतिक मूल्यहरूको सम्बद्र्धन र सांस्कृतिक रूपान्तरण, आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने’ गरी आगामी कार्यभार निश्चित गरेको छ । जिल्लालाई सोही अनुसारको निर्देशन दिएको छ । 
तर, पार्टी विभाजनको पीडासँगै सत्ताबाट बहिर्गमनबाट राजनीतिक मैदानमा एक्लै भिडिरहेको एमालेले अबका दिनमा नेतृत्व निर्माण गर्दा प्यानल खडा गर्न नपाउने र सर्वसम्मत ढङ्गले नेतृत्व चयन गर्ने उर्दी जारी गरे पनि नुवाकोटको आसन्न अधिवेशनमा सहमतिको नेतृत्व निर्माण गर्नेभन्दा पनि जिल्लामा समूहगत रूपमा नै पतिस्पर्धा गर्ने योजनामा नेता रहेको देखिएका छन् । 
नेता मिल्ने–मिलाउनेभन्दा पनि कसरी आफ्ना नजिकका मान्छेलाई प्रतिनिधि बनाएर ल्याउने र जिल्ला नेतृत्वमा पनि आफैँले कब्जा गर्ने भन्ने नै देखिएको छ । पार्टीका बागमती प्रदेशका संयोजक रहेका केशवराज पाण्डेले सबैलाई समन्वय गरेर जिल्लाको नेतृत्व तयार गर्नेमा प्रमुख भूमिका निर्वाह गर्नपर्नेमा गत हप्ता आफ्नै सचिवालयमा एकपक्षीय भेला डाकेर हालका उपाध्यक्ष बद्री मैनालीको समूहलाई्र मात्र अगाडि बढाउने निर्णय गरेपछि जिल्लामा समस्या उत्पन्न भएको हो । 
यो क्रियाकलापले हिजो माधव नेपाल पक्ष भनेर चिनिएका नारायण खतिवडा समूह आक्रोशित बनेको छ । हालसम्म पनि आगामी नेतृत्व कसरी निर्माण गर्ने भन्नेबारेमा आ–आफ्ना कोठेबैठकबाहेक कुनै पनि छलफल नभएको नाम बताउने सर्तमा एक नेताले बताए ।

दशौँ महाधिवेशनबाट जिल्लाको पार्टी कामको संयोजन र सहजीकरण गर्न इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना र अर्का सदस्य उषाकिरण तिमिल्सिनाको यो अधिवेशन केन्द्रीय निर्देशन अनुसार कसरी सम्पन्न गर्ने र नयाँ नेतृत्वबारे कसरी छलफल अगाडि बढाउने र निष्कर्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने विषयमा कुनै भूमिका देखिएको छैन । बरु उनीहरू पनि समूहगत कुरालाई नै अगाडि बढाउनेु भूमिकामा देखिएका छन् । 
माक्र्सवादी दार्शनिक–राजनीतिक चेतनाको अभावमा कतिपय नेता–कार्यकर्ता को कता लाग्दा तात्कालिक लाभ–हानी हुन्छ भन्ने मनोविज्ञानबाट निर्देशित हुने र आत्मकेन्द्रित भएर परिचालित हुने समस्या देखा परेको छ । यसको प्रभाव नयाँ नेतृत्व चयन प्रक्रियामा सोझै पर्ने देखिएको छ । अधिकांश कार्यकर्ता भने विभाजित र फरक–फरक समूहमा विभाजित भएर नेतृत्व चुन्ने काम भएका पार्टीलाई घाटाबाहेक केही नहुने र त्यसको असर आगामी निर्वाचनमा समेत देखिने भन्नेमा चिन्तित छन् । बढी व्यक्ति एउटै पदका आकाङ्क्षी बनेको अवस्थामा सोही पदका आकाङ्क्षीका बीचको प्रतिस्पर्धा स्वाभाविक भए पनि आफूले पद जित्नका लागि समूह निर्माण गर्ने वा समूहमा आबद्ध हुने प्रवृत्तिको विकास भइरहेको छ । अध्यक्ष तथा पदाधिकारीलगायत सदस्यको चुनाव समेत हलबाटै प्रतिस्पर्धा हुने वैधानिक व्यवस्थाले पनि सम्पूर्ण उम्मेदवार र अधिवेशनका प्रतिनिधिसमेत खेमाबन्दीमा विभक्त हुने स्थिति सिर्जना हुने खतरा छ । नेतृत्व निर्वाचनको समयमा हुने प्रतिस्पर्धा लोकतान्त्रिक संस्कृतिको अभावमा मित्रवत् बन्न सकिरहेको छैन । 
‘एकपटकको प्रतिस्पर्धी सधैँको प्रतिस्पर्धी’ जस्तो ढङ्गले सम्बन्ध हुर्किन थालेका छन् । जिल्लामा अहिले पनि ‘हामी’ र ‘अर्काे’ भन्ने विभाजनरेखा कायमै छ । अधिवेशनमा जिल्लाको वर्तमान विगतको राजनीतिक समीक्षा, वर्तमानको विश्लेषण, भविष्यको कार्ययोजना, सङ्गठनात्मक संरचनाजस्ता नीतिगत प्रश्न ओझेलमा पर्दै जानु र तिनीहरू नेतृत्वको प्रतिस्पर्धाको थलोजस्तै बन्न पुग्नु चिन्ताको विषय बन्न पुगेका छ । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई प्रभावित पार्ने गरी सङ्गठनात्मक काममा नै पक्षपात, निषेध र अवरोध सिर्जना गर्ने वा अवाञ्छित रूपमा हस्तक्षेप गर्ने वा प्रभावित गर्ने प्रवृत्ति पनि ठाउँ–ठाउँमा देखिन थालेका छन् । यसप्रकारका गतिविधिले नुवाकोट एमाले पार्टीको जीवनलाई अवस्थकर बनाउने कुरा निश्चित छ । 
अधिवेशनमा विगतको समीक्षा, वर्तमानको विश्लेषण, भविष्यको कार्ययोजना, सङ्गठनात्मक संरचनाजस्ता नीतिगत प्रश्न ओझेलमा पर्दै जानु र तिनीहरू नेतृत्वको प्रतिस्पर्धाको थलोजस्तै बन्नु पग्नु चिन्ताजनक विषय बन्न पुगेको छ । एमालेले पार्टी जीवनको लोकतान्त्रीकरणको एउटा अङ्गको रूपमा पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई सहज अभ्यासका रूपमा आत्मसात् गरेको छ । पार्टीभित्र क्रियाशीलता, जीवन्तता र उत्प्रेरणा अभिवृद्धिका लागि र पार्टी नेता÷कार्यकर्ताबाट अनुमोदित बनुन्, कार्यकर्ताले नेताका रूपमा अपनत्व ग्रहण गर्न सकुन् भन्नका लागि यो व्यवस्था गरिएको हो । यो स्वाभाविक, आवश्यक र सकारात्मक विषय पनि द्वन्द्व होइन, कमरेडली प्रतिस्पर्धा हो र यसले ‘एकता– प्रतिस्पर्धा र अझ उन्नतस्तरको एकता’को भावलाई आत्मसात् गर्छ ।

तर, यसले माथिदेखि तलसम्म गुटबन्दीको सञ्जाल विस्तार गर्न सहयोग पुगिरहेको छ । पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धाले बाह्य शक्तिसँगको प्रतिस्पर्धामा समेत नकारात्मक असर पर्न थालेको छ । विभिन्न तहका चुनावमा पार्टीका उम्मेदवार विरुद्धमा घात–प्रतिघातका घटना पनि बढिरहेको छ । यसप्रकारको स्थितिले पार्टीको राजनीतिक कार्यदिशाको सफलतामा समेत गम्भीर चुनौती खडा भएको छ । 
एकातिर महाधिवेशनपूर्व नै नेतृत्वको सम्बन्धमा अपारदर्शी योजना बनाउने, पदीय हैसियतको उपयोग गर्दै त्यसलाई प्रभावित गर्ने र अर्कातिर कमिटीमा प्राविधिक बहुमतको आधारमा नेतृत्व परिवर्तनको निम्ति निरन्तर चलखेल गरिरहनेजस्ता समस्या एमाले नुवाकोटमा देखा परेको छ । एउटा जीवन्त पार्टीमा विचारधारात्मक तथा नीतिगत विषयमा बहस हुन, त्यस दौरानमा फरक मतहरू देखापुर्न स्वाभाविक हो । पार्टीमा फरक मतप्रति सहिष्णु बन्ने, तिनको बारेमा छलफल गर्ने वातावरण निर्माण गर्ने, फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनभूति गर्न नपर्ने कुरा सुनिश्चित गर्ने र स्वस्थ छलफल तथा उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूति होस् भन्ने कुरामा ध्यान दिनु जरुरी देखिएको छ । प्रतिस्पर्धा जित्नेले सबै लिने र हार्नेले बाहिरिने दई पार्टीबीचको प्रतिस्पर्धाजस्तो होइन, यसलाई एकता–प्रतिस्पर्धा र अझ उन्नतस्तरको एकताको विधि हो भन्ने कुरामा स्प्रष्ट पार्नुपर्छ । यसका लागि सकभर सहमति, नभए व्यक्तिगत प्रतिस्पर्धा र प्रतिस्पर्धापछि परिणामलाई स्वीकार गर्ने र पराजित पक्षलाई समेट्ने ठोस् कार्यविधि आवश्यक हुन्छ । 
यतिबेला मुलुक युगान्तकारी राजनीतिक परिवर्तनबाट गुज्रिएको र त्यत्तिकै युगान्तकारी सामाजिक–आर्थिक अभिभारा पार्टीसाम उपस्थित भइरहेको पृष्ठभूमि जिल्लाले फेरि एकपल्ट सङ्गठनात्मक जीवन र पार्टी निर्माणको क्षेत्रमा नयाँ गतिशीलता र सिर्जनात्मकताका साथ अगाडि बढ्न र पार्टी सङ्गठनलाई परिवर्तित राजनीतिक कार्यदिशा अनुरूप रूपान्तरित र पुनर्गठित गर्नु आवश्यक देखिन्छ । लोकतान्त्रिक आन्दोलनको लामो इतिहासमा आफूलाई अब्बल र अग्रणी प्रमाणित गर्न सफल पार्टीलाई अब नेता÷कार्यकर्ताले सामाजिक, आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको अग्रणी शक्ति र अभियन्ताका रूपमा स्थापित गर्नुपर्नेछ । 
नुवाकोटमा हिजोको वर्चश्व कायम गर्न सक्ने नेतृत्व आवश्यक छ । यसबारेमा नेता÷कार्यकर्ता र प्रतिनिधिले बृहत् समीक्षा गरी विगतको पार्टीप्रतिको लगनशीलता र जिम्मेवारीबोधलाई मूल्याङ्कन गर्न सके आगामी तीनै तहको निर्वाचनमा एमालेले नुवाकोट कब्जा गर्न सक्छ ।
 

You may also like: