ककनी सिम्लेको तमु ल्होसारपर्व तथा सास्कृतिक कार्यक्रम

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ पौष २४, शनिबार

ककनी गाँउपालिका, तमु ल्होसार, सिम्ले युवा क्लव, मानबहादुर लामा

ककनी गाँउपालिकाको वडा नम्बर ५ मा विबिध सास्कृतिक कार्यक्रम सहित तमु ल्होसारपर्व मनाईएको छ । वडा नम्बर ५ मा रहेको सिम्ले युवा क्लवद्धारा आयोजना गरिएको कार्यक्रममा गुरुङ भेषभुषा झल्किने पहिरनका साथै सास्कृतिक कार्यक्रमहरु भएको थियो । 
गाई बर्गलाई बिदाइ गरी बाघ बर्गको सुरुवात गर्दै गुरुङ जातिहरुको महान चाड अर्थात नयाँ वर्षको सुरुवातमा तमु ल्होसारपर्व २०७८ मनाईएको हो । 
कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनी गाँउपालिकामा रहेर बिभिन्न जातधर्म मान्दै आएका नागरिकहरुको आफ्नो धर्म र सस्कृति जगेर्नाका लागी सदैव पहल रहने बताउनुभएको छ । साथै अध्यक्ष लामाले ककनी गाँउपालिकाको विकट भेगमा रहेको सिम्लेमा खानेपानी, बिजुलीबत्तीको समस्या समाधानका लागी जननिर्बाचित भएपछि आफ्नो पहिलो प्राथमिकतामा राखेर कार्य गरेको बताउनुभएको छ । 
 

ककनी गाँउपालिका, तमु ल्होसार, सिम्ले युवा क्लव, मानबहादुर लामा

साथै उक्त स्थानमा स्वास्थ्यचौकी भवन निर्माण, बिद्यालयको भवन निर्माण, सडक निर्माणलगायतका विकासका कार्यहरु धमाधम भैरहेको बताउनुभएको छ । 
गाँउपालिकाको पिछडिएको भुभाग रहेकाले ककनी ५ लाकुरे देखि नागेश्वरी सम्मको सडकको लागि १० लाख रुपैयाँ, लौके झरना जाने सडकको लागि ५ लाख र सिम्ले युवा क्लबका लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गर्ने अध्यक्ष लामाले प्रतिबद्धता जनाउनुभएको छ । 
कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष राम थिङ लामाले ककनीको विकासको लागी आफु सदैव लागीरहने बताउदै युवाहरुको लागी स्थानिय स्तरमै रोजगारीको व्यवस्था गरी वैदेशिक रोजगारमा जानुपर्ने बाध्यात्मक अबस्था अन्त्य गर्नको लागी पहल भैरहेको बताउनुभएको छ । पुस १५ गते तय गरिएको उक्त कार्यक्रम बिशेष कारणबस स्थगित भएपछि २४ गते शनिबार गरिएको आयोजकले बताएका छन् । 
त्यस्तै, ककनी गाउँपालिका र राष्ट्रिय संगीतकर्मी संघको सम्युक्त आयोजनामा माघ १८ र १९ गते तामाङ जातिहरुको सोनाम ल्होसार २०७८ को अवसरमा बृहत ल्होसार मेला तथा नुवाकोट कलाघर शिलान्यास  कार्यक्रम समेत रहेको छ । 

ककनी गाँउपालिका, तमु ल्होसार, सिम्ले युवा क्लव, मानबहादुर लामा