आज बाट माघ १५  सम्म देशभरका विद्यालय बन्द 

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७८ पौष २७, मंगलबार

कोरोना भाइरस,(सीसीएमसी, बिदा,स्वास्थ्य चौकी,स्थानीयतह

फेरी पनि कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका  आधारभुत तथा माध्यामिक विद्यालयहरु आज बाट बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताउनु भएको छ ।  बिदाको समयमा  १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई सबै स्थानीयतहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउने कार्यक्रम रहेकोले सम्बन्धि विद्यालयसँग सम्पर्क राखी तोकिएको दिनमा आफ्ना बालबालीकालाइ खोप लगाउनका लागी अभिभावकहरुलाइ समेत आग्रह गरिएको छ । तहबाट यअघि प्रधानमन्त्री समेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको छ । 
भारतमा दैनिक झन्डै एक लाख संक्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि संक्रमितको संख्या तिव्र रुपमा बढेको छ । 

पछिल्लो समय संक्रमणको तेस्रो लहर फैलने त्रास बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संरचना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्नेलगायतको निर्णय भएको थियो ।
बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखाना लगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो । 
     संक्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी पनि रहेको छ । 
संक्रमण फैलीए सँगै तत्कालै लकडाउन गर्ने निणर्य चाहि भएको छैन ।कोभिडका कारण उपत्यकाबाहेक बाहिरी जिल्लामा पनि संक्रमणको जोखिम बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले समेत ओमिक्रोनलाई सामान्य भाइरसका रूपमा नलिन चेतावनी दिँदै अनिवार्य रूपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएको छ ।