पहिरोले डोजर पुरिदा ३ जना बेपत्ता

नुवाकोट न्यूज
२०७८ पौष २९, विहिबार

फाईल फोटो
पहिरोले डोजर पुरिदा ३ जना बेपत्ता भएका छन् । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी चौकी शेर्पुङबाट प्रहरीको टोली घटनास्थलमा जाँदै छ । काठमाडौंबाट हेलिकप्टर मगाएर सदरमुकामबाट उद्धार टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभएको छ । बाटो बनाउँदा पहिरो गएर डोजर र मानिस पुरिएका हुन् । स्थानीयका अनुसार अहिले पनि माथिबाट ढुंगा खसिरहेको छ ।