ओमिक्रोनका कारण चर्चित बुलफाईट मेलाहरु स्थगित 

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७८ पौष २९, विहिबार

बुलफाईट, तारुका, गोरु जुधाई, माघी पर्व, माघे सन्क्रान्ति, बेत्रावती

नुवाकोटको विभिन्न स्थानमा चर्चित गोरु जुधाई मेलाहरु स्थगित भएको छ । शिवपुरी गाँउपालिका, विदुर नगरपालिका, तारकेश्वर गाँउपालिका, पञ्चकन्या गाँउपालिकालगायतका स्थानिय तहमा बर्षौदेखी माघ १ गते माघी पर्वका दिन जुधाईदै आएको गोरु जुधाई मेलाहरु बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । 
माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्था तारुकाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गर्दै बढ्दो ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै जिल्ला कोभिड–१० व्यवस्थापनको निर्णयअनुसार प्रत्येक वर्ष माघ १ गते सञ्चालन हुने ऐतिहासिक पर्व गोरु जुधाई कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ । 
धादिङसँग सीमा जोडिएको नुवाकोटको तारकेश्वरको तारुकामा बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहको समयदेखी प्रत्येक वर्ष माघे संक्रान्तिका दिन भव्य रुपमा गोरु जुधाई मेला लाग्दै आएको किंमदन्ती रहेको छ । 
 

बुलफाईट, तारुका, गोरु जुधाई, माघी पर्व, माघे सन्क्रान्ति, बेत्रावती

यसैगरी शिवपुरी गाँउपालिकाको शेरावगरमा प्रत्येक बर्ष माघे सन्क्रान्तिको  दिन जुधाईदै आएको गोरु जुधाई मेलापनि कोरोना संक्रमणकै कारण स्थगित गरिएको आयोजक शेरावगर विकास समाजका अध्यक्ष  अध्यक्ष अभियान आचार्यले जानकारी दिनुभएको छ । 
यसैगरी विदुर नगरपालिकाको वडा नम्बर १० बेत्रावतीमा पनि मेला स्थगित गरिएको छ । विगतका बर्षहरुमा रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा गोरु जुधाई, दुई समुह बिच लठ्ठा तान्नेलगायत अन्य मेलाहरु समेत लाग्ने गरेको थियो । सबै मेलाहरु स्थगित गरिएको आयोजकले जानकारी दिएका छन् । किसानहरुले निरन्तरताका लागी आफुखुसी भिडभाड नगरी गोरु जुधाएपनि आयोजकले भने औपचारिक रुपमा कार्यक्रम नगर्ने जनाएका छन् । 
 

बुलफाईट, तारुका, गोरु जुधाई, माघी पर्व, माघे सन्क्रान्ति, बेत्रावती