२४ घण्टामा नुवाकोटको कुन स्थानिय तहमा कतिजना सक्रिय कोरोना संक्रमित ?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २९, विहिबार

कोरोना संक्रमित, बेलकोटगढी नगरपालिका, दुप्चेश्वर गाँउपालिका, शिवपुरी गाँउपालिका, विदुर नगरपालिका


विदुर/२९ पुस । नुवाकोटमा पछिल्लो २४ घण्टामा १९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये पञ्चकन्या गाँउपालिकामा ६ जना, तादी र शिवपुरी गाँउपालिकामा ४/४ जना, विदुर नगरपालिकामा २ जना रहेका छन् भने तारकेश्वर, किस्पाङ र सुर्यगढी गाँउपालिकामा १/१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
बेलकोटगढी नगरपालिका, लिखु, म्यागङ, ककनी र दुप्चेश्वर गाँउपालिकामा कोरोना संक्रमण सुन्य रहेको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ ।  
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९ सय ६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३ सय ४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३ सय ९६ जना रहेका छन् । 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटमा १९ जना, मोरङमा १ सय ५, पर्सामा ५१,  चितवनमा ६६, कास्कीमा १ सय ३१, रुपन्देहीमा ६५, सुर्खेतमा १८ र कैलालीमा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।  हाल ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा उपत्यकाका ३ जिल्लासहित कास्की र मोरङ समेत रहेका छन् ।
यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगु जिल्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा भने देशभर ३ हजार ५ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय ७१ जना निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।